– दयानन्द गोस्वामी 

जीन्दगीको संघर्ष बाट सधैं
जीर्ण हुन्छ जब अन्तरमन,

सुख मिलोस आकाशै भरी
अनी त्यसको अर्थ के हुन्छ र?

जब सारा शुष्क हुन्छ जल बिना
छेस्को छेस्को बन्दै झरी रहन्छन्

तब बर्षिन लाग्दै गरेको त्यो बर्षा
अनी त्यसको अर्थ के हुन्छ र ?

नाता सम्बन्ध जे जस्तो नै होस
दुख पर्दा साथ न देओस कोही,

भरिपुर्ण सम्बन्धहरु भएर पनि
अनी त्यसको अर्थ के हुन्छ र?

कैयन धेरै खुशीका ती क्षणहरु
स्वच्छन्द व्यतीत हुन्छन जहाँ,

त्यसका लागी प्रतिक्षारत रहनु
अनी त्यसको अर्थ के हुन्छ र?

यदि कटुता बाट आहत भैकन
अन्तरमा अति आघात भएमा,

पछि मिठो बचन नै बोले पनि
अनी त्यसको अर्थ के हुन्छ र?

चाहे सुख सयल जती नै होस
यदि रोग ग्रस्त सारा शरीर भए,

असिम सुबिधाहरु भैकन पनि
अनी त्यसको अर्थ के हुन्छ र?

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार