विर्तामोड। कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता आज मंगलबार देखि सुरु भएको छ ।
कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको पहिलो खेलमा बाह्रदशी गाउँपालिका विजयी भएका छन् ।

कमल गाउँपालिकालाई १९–२५, १५, २५ र २२–२५ को सेटमा पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी भएका छन् । प्रतियोगिताको म्यान अफ दि म्याच बाह्रदशीका सुदिप कार्की घोषित भएका छन् । उनलाई नगर दुई हजार सहित मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा बुद्धशान्ति गाउँपालिकालाई २०–२५, १८–२५ को सोझो सेटमा पराजित गर्दै विर्तामोड नगरपालिका प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

झापा जिल्ला भित्रका पालिका स्तरीय हुने यस प्रतियोगितामा झापा जिल्लाभरीका १० वटा पालिकाहरुको सहभागिता रहेको खेल संयोजक सुदिप राईले बताएका छन् ।

संयोजक राईका अनुसार प्रतियोगितामा बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिकाको सहभागिता रहनेछ । प्नतियोगिता अपरान्ह १ बजे देखि सुरू हुनेछ ।

प्रतियोगिताको विजेता टोलिले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक राईले बताए ।

प्रतियोगिता अन्तर्गत भोलि बुधबारको पहिलो खेलमा शिवसताक्षी नगरपालिकाले कन्काई नगरपालिकाको सामना गर्ने छन् भने गौरादह नगरपालिकाले भद्रपुर नगरपालिकासँग खेल्ने समिति सहसंयोजक तेजकुमार राईले बताए ।
प्रतियोगिताको पहिलो चरणमा वाइ पाएर बसेको झापा गाउँपालिकाले विर्तामोड नगरपालिकाको सामना गर्नेछन् भने दमक नगरपालिकाले शिवसताक्षी र कन्काईबीच भएको खेलको विजयी टिमको सामना गर्नेछ ।
खेल बिहानको ८ बजे देखि हुने आयोजक समितिले जनाएको छ ।

उपाध्यक्ष कपको उद्घाटन समारोह कार्यक्रम कमल गाउँपालिका खेलकुद समिति संयोजक तथा वडासदस्य चतुरभुज सुवेदिको अध्यक्षतामा तथा कमल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सबै वडाका वडाध्यक्षहरु, गाउँपालिका भित्रका सबै पार्टी प्रतिनिधि, स्थानिय समाजसेविहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम सदस्य सचिव सुर्य प्रसाद न्यौपानेले सञ्चालन गरेको थियो भने खेल संयोजक सुदिप थुलुङ राईले स्वागत मन्तव्य राखेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार