काठमाण्डौ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाँडो गरिएको निर्णयले पछुताउनुपर्ने भन्दै कुनै पनि निर्णय गर्दा विचार गर्नुपर्ने बताउनुभएको छ । आज मङ्गलवार सुवर्ण शम्शेर पुस्तक विमोचन एवम् नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले नेतृत्व र निर्णय गर्ने अधिकार सबैको आउने भन्दै विश्वप्रकाश शर्मा र प्रकाश महतलाई नेतृत्व गर्न नहतारिन आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले बूढापाकाहरूलाई अर्ति दिनुभन्दा बूढापाकाबाट अर्ति लिन सुझाउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अहिले हाम्रो विश्वप्रकाशले अति महत्त्वपूर्ण कुरा उठाउनुभएको छ । उहाँले आफ्नो बेलामा गर्नुभयो भने उहाँलाई धन्यवाद दिनुहोस् तपाईँहरूले । उहाँको समयमा उहाँले कति गर्नुहुन्छ । अरूलाई अर्ति दिन सजिलो छ, आफूले गर्नु गाह्रो छ । उहाँलाई आफ्नो बेलामा गरेर देखाउनुहोला भनेर शुभकामना दिन चाहन्छु । अहिले नहतारिनुस्, अहिले हतारिएर के गर्नुहुन्छ पछि रु समय आइहाल्छ नि । त्यस्तै प्रकाश महतजीले पनि भन्नुभयो– निर्णय नै गर्न सक्दैन, निर्णय ढिलो–ढिलो गर्छ भनेर ।

निर्णय भन्दैमा जथाभाबी गर्न, जे पायो त्यहीँ त गर्न भएन नि । निर्णय भनेको सोचेर गर्नुपर्छ । निर्णय गरेर पछुताउनुभन्दा ढिलो निर्णय गर्नु ठिक हुन्छ । त्यस कारण तपाईँहरूलाई भोलि निर्णय गर् निर्णय गर् भनेर फसाउलान् नि । निर्णय गर्ने इच्छा राख्नुभएका नेता हुनुहुन्छ, को हुन्छ त थाहा छैन, नेता हुने इच्छा चाहिँ छ, भविष्यमा सफल हुनुहुनेछ भन्ने शुभकामना दिन चाहन्छु । त्यसैले अर्ति भनेको बूढापाकाहरूबाट सिक्नुपर्छ क्या, त्यस कारण बूढापाकालाई अर्ति दिने होइन, अर्ति लिने गर्नुहोस् । त्यस कारण हाम्रो अर्ति सुनेर काम गर्नुहोला । हतार नगर्नुस्, गर्नुभयो भने बिग्रिन्छ । वीपीले हतार गर्नुभएन, कृष्णजीले हतार गर्नुभएन । पालो आउँछ, तपाईँको पालो आइहाल्छ, हतार नगर्नुस् ।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले उहाँले अरूको पार्टीको चिन्ता नगर्न नेतारकार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले विगतका दिनमा पार्टीभित्रै अन्तर्घात भएको स्मरण गर्दै अब एकताबद्ध भएर पार्टीलाई अघि बढाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले अरूको पार्टीमा आँखा लाउन छोडेर आफ्नो पार्टीलाई अरूको भन्दा ठूलो पार्टी बनाउन जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीलाई भोलिका दिनमा अगाडि बढाउनु छ । हामी सबै एक भएर जानु छ, एकजुट हुनु छ । तपाईँहरूलाई थाहै छ, सत्य कुरा लुक्दैन । पार्टीभित्रै अन्तर्घात हुनेदेखि लिएर अनेक भए । आउँदा दिनमा यो पार्टीलाई एकताबद्ध गरेर अघि बढ्नुपर्छ । हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरूको पार्टी कस्तो छ रु आँखा धेरै लगाउनुपर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौँ । अरूको पार्टीको चिन्ता उनीहरूलाई नै गर्न दिनुस् न किन हामी गर्ने रु आफ्नो पार्टीको चिन्ता गरौँ, आफ्नो पार्टी बनाऔँ । उहाँहरूको भन्दा ठूलो पार्टी बनाऔँ ।’

प्रधानमन्त्री देउवाले सुवर्ण शम्शेर जबराले पार्टीका लागि र प्रजातन्त्रका लागि दिएको योगदानलाई बिर्सन नसक्ने बताउनुभयो ।उज्यालोबाट

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार