कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपः अन्तिम चारमा कन्काई, बाह्रदशी, भद्रपुर र झापा

कमल, १५ मंसिर । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको दोस्रो चरणको खेल सम्पन्न भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको अन्तर पालिका झापा जिल्ला स्तरीय  भलिबल खेल प्रतियोगिताको दोस्रो राउण्ड सम्पन्नसँगै अन्तिम चारमा कन्काई नगरपालिका, बाह्रदशी गाउँपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकाले आफ्नो ठाउँ सुरक्षित गरेको छ ।
आज भएको पहिलो खेलमा कन्काई नगरपालिकाले शिवसताक्षी नगरपालिकालाई २ सुन्यको सोझो को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका छन् । खेलको म्यान अफ दि म्याच कन्काईका जर्सी नं. ८ का रोहित विक घोषित भए । उनलाई नगद सहित मेडल प्रदान गरिएको थियो ।
त्यस्तै आज भएको दोस्रो खेलमा भद्रपुर नगरपालिकाले गौरादह नगरपालिकालाई २ सुन्यको सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा आफुलाई सुरक्षित गरेका छन् । खेलको म्यान अफ दि म्याच भद्रपुरका अभि राजवंशी भएका थिए ।
पहिलो चरणमा बुद्धशान्ति गाउँपालिकालाई पराजित गर्दै दोस्रो चरणको यात्रा तय गरेको विर्तामोड नगरपालिका भने पराजित भएका छन् । झापा गाउँपालिकासँग २–१ को सेटमा पराजित भएका छन् । जितसँगै झापा गाउँपालिका अन्तिम चारमा प्रवेश गरेको छ । दुईबीच भएको खेलमा म्यान अफ दि म्याच झापा गाउँपालिकाका रोहित सिवाकोले प्राप्त गरेका थिए ।
अन्तिम चार अन्तर्गतको भोलिको खेल बाह्रदशी नगरपालिका र कन्काई नगरपालिकाबीच हुनेछ भने दोस्रो खेल भद्रपुर नगरपालिका र झापा गाउँपालिकाबीच हुने आयोजक समितिले जनाएको छ । दुबै खेलबाट विजेता टोलीले फाइनलको यात्रा गर्नेछ ।
प्रतियोगितामा प्रदेश नं. १ का एम्पायर रोशन दाहाल, मेचीनगरका संजय अधिकारी, सुनसरीका प्रकाश चौधरी, प्रज्वल धिमाल, अविनाश धिमाल र असिम राईले एम्पायरको भुमिका निर्वाह गरिरहेका छन् ।
केरखा खेल मैदानमा भइरहेको प्रतियोगिताको भोलिको पहिलो सेमिफाइनल खेल बिहान ८ बजे देखि हुनेछ भने प्रतियोगिताको फाइनल खेल दिनको ठिक १ बजे हुने आयोजक समितिका अध्यक्ष चतुरभुज सुवेदीले बताए ।
प्रतियोगिताको विजेता टोलिले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक सुदिप राईले बताए ।
समितिका सहसंयोजक तेजकुमार राईका अनुसार प्रतियोगितामा बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिकाको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *