विर्तामोड  । झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ९ निवासी ४३ वर्षीय सम्पत् राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार बिर्तामोड–भद्रपुर सडकअन्तर्गत धौला पुल नजिकको पेट्रोल पम्प अगाडि बिहीबार दिउँसो ३ बजे बिर्तामोडतर्फ आउँदै गरेको मे १ क ७८६ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको हो । सोही मोटरसाइकलको पछाडि सवार बिर्तामोड- ९ निवासी ३१ वर्षीय शान्ता कार्की घाइते भएकी छन् । उनको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
ट्रक र ट्रक चालक भद्रपुर नगरपालिका-१० निवासी ३६ वर्षीय गङ्गा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी पाठकले बताए ।times of pradesh
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार