हल्दिवारी गाउँपालिकामा मतदाता नामावलीमा नयाँ फोटो खिच्नेको संख्या ३ दिनमा ३४ पुगेको छ । निर्वाचन आयोगले गाउँ गाउँ मै मतदाता नामावली सड्ढलन शुरु गरेपनी हल्दिवारी गाउँपालिकामा नयाँ फोटो खिचाउने को संख्या न्यून रहेको पाईएको छ ।

यहि पुस २ गते सम्म लाई मतदाता नामावली सड्ढलन गर्ने काम भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले बताउनु भएको छ ।

प्रमुख दाहालले मतदाता नामावलीमा नाम छुटेका सबैलाई जतिसक्दो चाडो गाउँपालिकामा आई फोटो खिच्न समेत आह्वान गर्नु भएको छ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार