प्रधानमन्त्री शेरबहादुर देउवाले तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । आज (शुक्रबार)राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

देउवाले एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने सरकारको दायित्व रहेको भन्दै निर्वाचनको पूर्वतयारीको काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । ‘तीन तहको निर्वाचन गर्नेपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु’ देउवाले भने ।

त्यस्तै संसदको गतिरोध अन्त गरी विचाराधीन विषयलाई निष्कर्षमा पुर्याइने बताए । त्यसैगरी उनले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्यम रहेको भनेर नै ६ महिना अघि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिवद्धता जारी गरेको र अहिले पनि खोप अभियान जारी रहेको बताए । यस्तै देउवाले सरकार सही दिशामा अगाडि बढिरहेको बताएका छन् ।

देउवाले भने, ‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ । जनतामा आशा र भरोसा बढेको छ ।’ त्यस्तै उनले आफ्नो छ महिने कार्यकालमा १७७ किलोमिटर सडक कालोपत्रे भएको बताएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार