काठमाडौँ, ७ माघ-पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २३ हजार ९२ परीक्षण गर्दा १० हजार ७०३ मा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार ३७४ पुगेको छ ।

पछिल्लो समय थप ७६६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १९ हजार ५७५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९१।४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।विगत २४ घण्टामा तीन जनाको सङ्क्रमणको कारणले मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६३५ को सङ्क्रमणका कारणले मृत्यु भएकोे छ ।

पाँच सय र २०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला १५र१५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहु, स्याङजा, वागलुङ, दाङ, सुर्खेत र कन्चनपुर रहेका छन् ।

नेपालमा सङ्क्रमण दर १७।६ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ६३ हजार ७३४, संस्थागत आइसोलेशनमा एक हजार ६४०, आइसियुमा १९४ र भेन्टिलेटरमा ३५को उपचार हुँदैछ ।

तीन लाख बढीले खोप लगाए(विगत २४ घण्टामा तीन लाख सात हजार ४०१ ले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ३७९ र पूर्णमात्रा एक करोड २७ लाख ४६ हजार ५८० जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज ५० हजारभन्दा बढीले लगाएका छन् । मन्त्रालयका अनुसार यही माघ २ गतेदेखि अग्रपङ्तिमा काम गर्नेलाई अहिलेसम्म ५० हजार २०७ मात्रा बुष्टर डोज खोप लगाइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार