बोटलर्स नेपाल लिमिटेडविरुद्ध राजस्व अनुसन्धान विभागले कर छलीको मुद्दा दायर गरेको छ । आज (शुक्रबार)उच्च अदालत पाटनमा राजस्व अनुसन्धान विभागले बोटलर्स नेपालविरुद्ध कर छलीको मुद्दा दायर गरेको हो ।

बोटलर्स नेपालविरुद्ध विभागले रु सात अर्ब ४३ करोड ६३ लाख ८२२ बराबरको कर र तथा बिगो दावी मुद्दा दायर गरेको हो । कोकाकोलाको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा कर छली भएको विभागले जनाएको छ । १७ जनालाई प्रतिवादी कायम गरी दायर गरिएको मुद्दामा विभागले अभियुक्तहरूबाट रु तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ राजस्व चुहावट गरेकाले निजहरूबाट त्यति नै जरिवाना रकम असुलउपर गर्न माग गरेको छ ।

बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनीले ठुला करदाता कार्यालयलगायत सम्बन्धित निकायमा कुनै जानकारी नदिएको तथा शेयर स्वामित्व परिवर्तन हुनु पूर्व तथा पछाडिको आयकर ऐनअनुसार पुँजीगत लाभकर दाखिला गर्नेलगायत प्रक्रिया पूरा नगरी राजस्व चुहावट गरेको अभियोग पत्रमा विभागले उल्लेख गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार