हल्दिवारी ,३० फाल्गुन । हल्दिवारी गाउँपालिका भित्र संचालित सहकारी सस्थाहरुका लागि दुई दिवसीय अभिमुखिकरण कार्यक्रम आज सोमबार देखि गाउँ पालिकाको सभा हलमा शुरु भएको छ । सहकारी कर्मी जेष्ठ नागरिक लयप्रसाद सिवाकोटीको अध्यक्षतामा उक्त कार्यक्रमको उद्घाटन सत्र सुरु गरिएको थियो ।

गाउँपालिका निमित्त प्रशासकीय अधिकृत राजन न्यौपानेले कार्यक्रमको औचित्यमाथी प्रकाशपार्नु भएको थियोे भने लेखा शाखा प्रमुख दिपक भट्टराईले सहभागी सहकारी कर्मिहरुलाई स्वागत गर्नु भएको थियोे ।

हल्दिवारी गाउँपालिका भित्र रहेका स्थानीय १९ वटा सहकारीबाट आएका प्रतिनिधिहरुलाई २ दिन सम्म अभिमुखीकरण तालीम दिन लागिएको बताईएको छ ।

कार्यक्रमको बन्द सत्रमा आफ्नो मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले सहकारीहरु ले आम्दानी गर्ने खालका कार्यक्रम ल्याएर रोजगारी र गरिव जनताको जीवन स्तर उकास्ने खालको काम गर्नु पर्ने धारण राख्नु भएको थियोे । गाउँपालिका संगको साझेदारीमा कार्यक्रम गरे सधै सहयोग पुर्याउन लागि पर्ने उहाँको भनाई थियोे । केही सहकारीहरु झोला भएको टिप्पणी गर्दै गाउँ पालिकाले नियमन गर्न कानुन नै बनाएर अगाडि बडेको ले अनुदान खान मात्र अगाडि आउने सहकारीलाई कडाइ गरिएको समेत उपाध्यक्ष गिरिको भनाई थियो ।

हल्दिवारी गाउँ पालिका भित्र १७ हजार सहकारी सेयर सदस्य र पालिका भित्रको जनसंख्या हेर्ने भने ३४ हजार रहेको छ । गाउँ पालिका सहकारी शाखाको आयोजनामा संचालित उक्त अभिमुखिकरण कार्यक्रमको सहजीकरण शाखा प्रमुख तुलसा खत्रीले गर्नु भएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार