काठमाडौ ३० चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखराबाट आएका कांग्रेसका नेता कार्यकर्ताहरुलाई गठबन्धन जोगाउनका लागि कांग्रेस अलिकति लचिलो हुनैपर्ने बाध्यता भएको भन्दै समस्या बुझिदिन आग्रह गरेका छन् ।

पोखरा महानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दैै पार्टी सभापति समेत रहेका देउवालाई भेट्न आएका नेताहरुलाई कुन महानगर कुन पार्टीले लिने भन्ने विषयमा प्रवेश नभएको समेत बताएका स्रोतले जनाएको छ ।

जुन दलहरुसँग मिलेर हाम्रो सरकार बनेको छ । त्यसलाई बचाउन कांग्रेस लचिलो बन्नै पर्ने बताएका छन् ।

देउवालाई भेट्न पार्टी केन्द्रीय कार्यालय सानेपा आएका पोखराका नेताले पोखराको मेयर माओवादी र एकिकृत समाजवादीलाई दिँदा नतिजा राम्रो नआउने भन्दै थपिएका नयाँ मतदातामा गलत सन्देश जाने र त्यसको असर अर्को पटक आउने निर्वाचनमा पर्ने बताएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार