– देवेन्द्र किशोर ढुंगाना
देश दुस्खिरहेको छ
जनबिद्रोहको छर्रा लागेर
कहिले भूगोलमा टुक्रा टुक्रा पारेर
देश दुस्खिरहेछ सिमानामा
महेशपुर,,मानेभज्याङ,
र पशूपतिनगरमा
देश स्वाभिमान हो
तर देश आज रक्ताम्य भएर ढल्यो।
भूगोल भूगोलमा टुक्रिएर मनहरु
हाम्रो राष्ट्रियतालाई
बिषादको सप्को हानेर
कुण्ठा र बिद्रोहको छालमा
पटक पटक लुटिदा पनि संबेदनशील श्रध्दाले हाम्रा निष्ठाहरु
निरन्तर चुनौतीको
आज्ञादेशलाई अटेरी गर्दै
ठोक्किदै र लुटिदै पनि
देश सिंगो माटोको थुप्रो न हौ
तिमीले भूगोल भित्र देश ठानेका छौ।
देश आज दुखिरहेको छ
कतै सिमानामा
कतै भूगोलको लुछाचुडीमा
देश शरणार्थी शिविर भित्र घेराबंदीमा पर्ने संत्रासले
पटक पटक लुटिदा पनि
माटोको परिभाषामा
देश बांच्नुको अर्थ
तिमीलाई कालापानी, सुस्ता
र लिम्पियाधुरामा
भूगोलमा अगभंग पारिएको छ
भोली इतिहासको पानामा
देश खोजिने छ ।
भद्रपुर , झाप

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार