नव वर्ष –
दुई हजार उनासी तिमी हाँसो खुसी लिएर आउ
पुरानो वर्ष अठहत्तरलाई बिदा दिएर आउ।
वसन्त ॠतुमा फेरिएको रुखको पाउला बनेर आउ
ॠतुहरु मध्यको राजा वसन्त ॠतु नै बनेर आउ।।

नव वर्ष –
तिमी पिलरहरुमा जङ्गे पिलल बनेर आउ
सगरमाथाको जस्तै उच्चो शिर बनेर आउ।
तिमी विचारहरुमा बि पि विचार बनेर आउ
बुद्धको सान्ती परिवर्तनको क्रान्ति बनेर आउ।।

नव वर्ष –
तिमी स्वयम्भूका ती दुई आँखा बनेर आउ
लाली गुराँस फुल्ने वन भिर पाखा बनेर आउ।
चार जात छत्तीस वर्णको फूलबारी बनेर आउ
सयपत्री फूलहरुका मालाहरु बनेर आउ।।

नव वर्ष –
तिमी भिर पाखाका लता लहराहरु बनेर आउ
नदी नाला झरना छ्हरा पोखरी बनेर आउ।
कर्णालीका जडिबुटी यार्सागुम्बा बनेर आउ
गरिबका भकारीहरु भरि अन्न बनेर आउ।।

नयाँ वर्ष –
तिमी झुपडीलाई महल बनाउन आउ
शिक्षा स्वास्थ गरिबीमा खुसी लिएर आउ।
परिवर्तनलाई आत्मसात गर्दै गर्दै आउ
भुन्टे र कालीका भविष्य बनेर आउ।

नव वर्ष –
दुई हजार उनासी तिमी हाँसो खुसी लिएर आउ
पुरानो वर्ष अठहत्तरलाई बिदा दिएर आउ।
वसन्त ॠतुमा फेरिएको रुखको पाउला बनेर आउ
ॠतुहरु मध्यको राजा वसन्त ॠतु नै बनेर आउ।।

नव वर्ष –
तिमी रुखको शीतल छ्हारी बनेर आउ
ध्रुव तारा झैँ सधैं अटल नै बनेर आउ।
पूर्णिमाको रातको पूर्ण चन्द्र बनेर आउ
बिहानीको उज्यालोकै किरण बनेर आउ।।

नव वर्ष –
तिमी गरिबको चिसो चुलो जल्ने आगो बनेर आउ
बैरीको लागि चिल्न सक्ने फागो बनेर आउ।
कालापानी लिपुलेक लिम्पियाधुरा भएर आउ
पूर्वमा टिस्टा पश्चिममा किल्ला काँगडा गएर आउ।।

नव वर्ष –
चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा बनेर आउ
प्रत्येक नेपालीको मुटुमा राष्ट्रियताको धमनी बनेर आउ।
तिमी सधैं नेपालको चुच्चे नक्सा बनेर आउ
हिमाल पहाड तराईका पाइला बनेर आउ।।

नव वर्ष –
डाँफे मुनाल कोइलीको स्वर बनेर आउ
मयूरको जस्तै नाच बनेर आउ।
तिमी राष्ट्रिय जनावर बनेर आउ।
राष्ट्र राष्ट्रियता प्रजातन्त्र समाजवाद बनेर आउ।।

नव वर्ष –
तिमी मर्यादा पुरुष राम बनेर आउ
कलि युगका फेरि कृष्ण बनेर आउ।
नारीहरुमा सधैं सीता बनेर आउ
आयुमा भीष्म पितामह बनेर आउ।।

नव वर्ष –
निर्मलाहरुका चीत्कार सुन्ने स्वर बनेर आउ
खाडीका पसिना पुछ््ने रुमाल बनेर आउ।
प्रत्येक नेपालीको वाणीमा सरस्वती बनेर आउ
सारा नेपालीको घर घरमा लक्ष्मी बनेर आउ।।

नव वर्ष –
पुरानो वर्ष अठहत्तर साललाई बिदा दिएर गराउ।
तराई पहाड हिमालमा सारा नेपालीमा खुसी लिएर आउ।
वसन्त ॠतुमा फेरिएका रुखको पाउला बनेर आउ
ॠतुहरुको राजा वसन्त ॠतु नै बनेर आउ।।

नव वर्षमा सुख सान्ती उन्नति प्रगति सबैमा छाओस हार्दिक शुभकामना।

राज कुमार कार्की
मे न पा – १५, झापा।
धन्यवाद।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार