नेपाल पत्रकार महासंघले यो वर्षको आशिष स्मृति पत्रकारिता पुरस्कार इलामका पत्रकार भगिरथ भण्डारीलाई प्रदान गरेको छ । महासंघ इलाम शाखाले हरेक वर्ष वैशाख १ गते प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार २०७९ भण्डारीलाई प्रदान गरेको हो ।

भण्डारीलाई पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले दश हजार रुपैयाँ राशि पुरस्कार दोसल्ला र प्रमाणपत्रले उनलाई पुरस्कृत गरेका थिए । कार्यक्रममा इलाम जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, इलाम नगर प्रमुख महेश बस्नेत, महासंघका १ नम्बर प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे, उपाध्यक्षद्वय हिमा चेम्जोङ र लवदेब ढुंगाना, झापा शाखा अध्यक्ष एकराज गिरी, पूर्व केन्द्रीय उपाध्यक्ष सञ्जय सन्तोषी राईसहित इलाम, झापा र धनकुटाका पत्रकारको सहभागिता थियो ।

उक्त कार्यक्रममा डा। देवी क्षेत्री दुलाले आशिष राईले पत्रकारितामा गरेको योगदानको बरेमा चर्चा गरेका थिए । तत्कालीन अवस्थामा रेडियो नेपालमा इलाम जिल्लाबाट समाचार सम्प्रेषण गर्दै आएका स्वर्गिय आशिष राईको नयाँ वर्ष मनाउँदा २०५९ साल वैशाख १ गते इलामको माई खोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो ।

उनकै सम्झनामा पत्रकार महासंघ इलाम शाखाले आशिष स्मृति अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष साबिक मेची अञ्चलका एक जना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार