जिम्मावे‘ए’ सँगको पहिलो एकदिवसीयमा खेलमा नेपाल ३ विकेटले पराजित भएको छ । त्रिवि मैदानमा भएको खेलमा नेपालले दिएको १३७ रनको सामान्य लक्ष्यलाई जिम्मावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पुरा गरेको हो ।

घरेलु टोली नेपालमाथि जिम्मावेका लागि ओपनर इन्नोसेन्ट काईयाले सर्वाधिक ४८ रन बनाएका हुन् भने ४८ बलमा उनले चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै, अर्का ओपनर सेफास जुवायोले ३२ रन बनाए । यसैगरी, राए काईयाले १४ रन जोडे । ब्राड ईभान्सले एक चौका र २ छक्काको सहयोगमा अविजित १७ रन बनाउन सफल भए । ब्राडले २६औं ओभरमा २ छक्का र १ चौका प्रहार गर्दै जित पक्का गरेका थिए ।

बलिङमा नेपालका कप्तान सन्दिप लामिछाने र करण केसीले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार