नेपालमा आज थप १३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३६ सय ३४ जनाको परीक्षणमा १२ जना पीसीआर र १ जना एन्टिजेन बिधिबाट गरी उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज १७ जना संक्रमित निको भएका छन् । त्यस्तै आज कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ। देशभर सक्रिय संक्रमितको संख्या १८५ रहेको मन्त्रालयले जनाएको छ ।

आज ८० हजार १४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार