हल्दिवारी , ३१ वैशाख । झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले अग्रता लिएको छ । अहिले सम्म १५२६ मतगणना हुँदा राप्रपाका रविन्द्रप्रसाद लिङ्देनले ७३९ मत ल्याउँदै अग्रता लिएका छन् ।
उपाध्यक्षमा पनि राप्रपा कै लक्ष्मी मैनालीले ६०३ मत पाएकी छन् । त्यसैगरी, अध्यक्ष पदमा एमालेका डम्बर बहादुर गिरीले ५११ मत , काँग्रेसका तुलसी प्रसाद ओलीले ११७ मत र माओवादी भवानी प्रसाद दंगालले ५० मत ल्याएका छन् ।
उपाध्यक्ष पदमा एमालेकी शान्ता देवि गौतमले ४८२ मत , राप्रपाकी लक्ष्मी देवी मैनालीले ६०३ मत , माओवादीका टिका देवि राउतले ७२ र मत र स्वतन्त्रबाट लखन हेमरमले १८५ मत ल्याएका छन् ।