पछिल्लो चौबीस घण्टामा नेपालमा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ३ हजार ४७३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ८५६ जनाको पीसीआर परीक्षण गर्दा ६ जना र ६१७ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि कोरोना पुष्टि भएको छैन ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ०८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ९३९ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४७ रहेको छ । जसमा ४७ जना होम आइसोलेसनमा छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७९ हजार २८ र एन्टिजेन विधिबाट १ लाख ४० हजार २०९ जना पुगेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार