विएण्डसी अस्पताल विर्तामोड झापाका कार्यकारी निर्देशक र संयुक्त अरब इमिरेट्सका अधिराजकुमार मोहम्मद बिन जुमा अल कमतुमबीच भेटवार्ता भएको छ ।

भेटमा प्रसाईले आफूले नेपालमा स्वास्थ र शिक्षाको क्षेत्रमा गरिरहेको व्यावसाय र सेवाको बारेमा कमतुमलाई जानकारी गराउनुभएको अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिस गिरीले जानकारी दिनुभयो । प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पतालमा आधुनिक विधीबाट उपचार हुने गरेको जसले गर्दा क्यान्सरको उपचारका लागि विदेसिने नेपालीको संख्या कमी आएको बताउनुभएको छ ।

प्रसाईले नेपालमा अर्गानिक सागसब्जी उत्पादन गरेर आफू गल्फका देशहरुका निर्यात गर्न पनि तयार रहेको बताउनुभएको छ । अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिस गीरीका अनुसार सब्जी उत्पादनका लागि प्रदेश नं १ का विभिन्न स्थानहरुमा ठूलो मात्रामा जग्गाको प्रवन्ध भइरहेको उहाँले जानकारी गराउनुभएको थियो । अधिराजकुमार कमतुमले नेपालबाट आएको ठूलो श्रमशक्तिले गल्फको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंशा गर्नुभएको छ । यसैगरी नेपालबाट सागसब्जी आयात गर्ने कुरामा यहाँको सरकार पहिलेदेखि नै इच्छुक रहेको कमतुमले बताउनुभएको छ ।

अर्गानिक सब्जी ठूलो मात्रामा पठाउने सुनिश्चित भएमा त्यसको खरिद गर्न आफ्नो देश तयार रहेको अमतुमले बताउनुभएको छ । भेटमा पूर्वाञ्चल क्यान्सर अस्पतालका सिइओ डा निराजन प्रसाईं र जनसम्पर्क अधिकृत प्रोमिस गीरी पनि सहभागी हुनुहुन्थ्यो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार