हल्दिवारी – ११ जेठ । हल्दिवारी गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष खड्क बाहादुर लावतीले आज आफ्नो पद बहाल गर्दै कार्यकाल सुरु गरेका छ्न। आजै बसेको बैठकले वडा भित्रका सबै बाटोका खाल्डाखुल्डी पुरेर आवातजावत लाई सहज गर्ने निर्णय गरेको छ । शिक्षा ,स्वास्थ ,खानेपानी र खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने समेत वडा अध्यक्ष फागो सहित जनप्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेका छ्न ।

वडा न.५ को कार्यालयमा आयोजना गरेको कार्यक्रममा नयाँ जनप्रतिनिधिहरु लाइ स्वागत गर्दै नि-बर्तमान जनप्रतिनिधिहरुलाई विधाई समेत गरिएको थियोे । निवर्तमान वडा अध्यक्ष शेर बहादुर नेम्वाङको अध्यक्षता मा भएको कार्यक्रम मा नव निर्बचित जन प्रतिनिधिहरु लाइ फुल, माला , खादा तथा अबिर लगाएर स्वागत गरिएको थियोे । स्वागत कार्यक्रममा नव निर्वाचित अध्यक्ष लावती ,निवर्तमान अध्यक्ष नेम्वाङ ,वडासदस्य नन्दलाल पराजुली र तारादेवि ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

वडा सचीव भजन सङ्रौला ,विभिन्न राजनैतिक दलका अगुवाहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई फुलमाला अबिर लगाएर वडा कार्यलयमा स्वागत गरेका थिए । नेपाली काङ्ग्रेसबाट निर्वाचन लावती हल्दिवारी उधोग बाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका छ्न भने खेलकुदमा उनको महत्त्वपूर्ण योगदान रहदै आएको छ । उनि सगै वडा सदस्य बिजय फागो ,जिवन कन्दङ्वा , शिवमाया मगर र सुस्मा महरालाई समेत वडा कार्यालयमा स्वागत गरिएको छ ।

   

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार