हल्दिवारी , १४ जेठ । बैशाख ३० गते सम्पन्न स्थानीयतह निर्वाचनमा हल्दिवारी उधोग बाणिज्य संघका कार्यसमिति सदस्यहरु जनप्रतिनिधिमा निर्वाचित हुनु भएकोमा संघले संमान गरेको छ ।

संघका कोषाध्यक्ष सुरेन्द्र बारकोटी वडा नम्बर ४ को वडा सदस्यमा ,सदस्य खडग बहादुर लावती वडा नम्बर ५ को वडा अध्यक्षमा ,सदस्य शान्ता शिवाकोटी वडा नम्बर १ को सदस्यमा र संघका साधारण सदस्य बिस्णु प्रसाद ओली वडा नम्बर ३ को वडा अध्यक्षमा निर्वाचन भएका थिए ।

संघको आज बसेको बैठकले कार्यसमितिका पदाधिकारी तथा सदस्य जनप्रतिनिधिमा निर्वाचित हुनुभएकोमा बधाई एवं कार्यकाल सफलताको शुभकामना दिदै खादा अविर लगाएर संमान गरेको छ ।

त्यस्तै भोलि १५ गते आइतबारदेखि सदस्यता बिस्तारलाई अगाडि बडाउने निर्णय गर्दै गोलधाप बजार क्षेत्रमा रहेका व्यवसायिहरुलाई सदस्यताको अनुरोध गर्ने भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार