हल्दिबारी । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गरेका छन् । उनले सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्‍याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा आपत्ति जनाएका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले एमालेले सुरु गरेको बजेटमा अरुको दाबी नपुग्ने बताए । ‘वृद्धभत्ता ६८ वर्ष झार्‍यौं नि, जतिसुकै गरेपनि बृद्धभत्ता एमालेको ब्रान्डजस्तो हो । तपाई ६८ वर्षमा झार्नुस् कि ५८ मा, केही फरक पर्दैन,’ उनले भने, ‘जनयुद्धमा हाम्रो दाबी पुग्दैन, राष्ट्रिय मेलमिलापमा पनि हाम्रो दाबी पुग्दैन, त्यसमा कांग्रेसको दाबी पुग्छ । ठीक त्यसैगरी बृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास गर्छन्, ताली ठोक्छन् ।’

सत्तारुढ गठबन्धनले बृद्धभत्ता ५ हजार प्रतिमहिना पुर्‍याउन नसकेको पाण्डेको भनाइ थियो । उनले प्रश्न गरे, ‘प्रतिमहिना ५ हजार पुर्‍याएको भए राम्रो हुन्थ्यो, किन पुर्‍याएन ? हिजो घोषणापत्रमा लेखेको होइन ?’

बजेटले मुलुकको वर्तमान आर्थिको संकट समाधान गर्नतिर ध्यान नदिएको पाण्डेको भनाइ थियो । उनले भने, ‘संकट एकातिर छ, बजेट अर्कैतिर छ । यो बजेटले चुनाव मात्रै देख्यो, अस्ति गएको चुनाव देख्यो र आउने चुनाव मात्रै देख्यो ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार