हल्दिबारी , १८ जेठ । पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन् ।

आज दिल्लीमा उनले चौथाइवालेसँग भेटवार्ता गरी नेपाल-भारत सम्बन्धबारे कुराकानी गरेको बुझिएको छ ।भेटमा चौथाइवालेले नेपालको विकसित राजनीतिक घटनाबारे चासो राखेको बुझिएको छ ।

कोइरालाले नेपालको हरेक परिवर्तन देखि विकासमा भारतको सहयोग रहँदै आएको र भविष्यमा पनि रहने विश्वास व्यक्त गरिन् । उनले नेपाली काँग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध सुदृढ बन्दै गएकोमा खुशी व्यक्त गरेको बुझिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार