एजेन्सी, १८ जेठ । अफगानिस्तानमा तालिवानको शासन झन् क्रुर बन्दै गएको छ । उसले छात्राको ६ कक्षामाथिको विद्यालय नै बन्द गराएको छ । सार्वजनिक स्थानमा हिजाब अनिवार्य गरेको छ ।

अफगानिस्तानमा पत्रकारहरु असुरक्षित हुन थालेका छन् । कतिपयलाई वेपत्ता पारिएको छ । पत्रकार असुरक्षित भएपछि अन्तर्राष्ट्रिय पत्रकार महासंघले चासो देखाएको छ । उसले तत्काल वेपत्ता पत्रकारको स्थिति सार्वजनिक गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।

अफगानिस्तानमा हालैमात्र अली अकबर खैरख्वा र जमलुद्धिन देलदार वेपत्ता बनाइएका छन् । उनीहरु एक हप्तायता वेपत्ता छन् । दुवैजना काबुलबाट वेपत्ता बनाइएका हुन् । तालिवानले दुवै पत्रकारलाई वेपत्ता बनाएको आशंका छ । तर, तालिवानी शासनले यसलाई अस्वीकार गरेको छ । परिवारले भने दुवै पत्रकारलाई तालिवानले नियन्त्रणमा राखेको बताइरहेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार