हल्दिबारी, १९ जेठ । आर्थिक अभावका कारण उपचार नपाएका हल्दिबारी गाउँपालिका वडा नं. २ बस्ने प्रकाश राजवंशीलाई बि एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उद्धार गरि अस्पताल लगेका छन ।


बिगत चार बर्ष अगाडी देखि पेटमा राखेको पाइप निकाल्न नसकेका राजवंशीलाई स्थानिय समाजसेवी कृष्ण प्रसाद प्रसाईको पहलमा आज उद्धार गरि बि एण्ड सी अस्पताल लगिएको हो । गाडी एक्सीडेन्टमा परेका राजवंशीको बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान घोपामा उपचार गरिएको थियो ।

 

आर्थिक अभावका कारण पेटमा राखिएको पिसाब थैलीलाई निकाल्न नसक्दा इन्फेक्सन भै सकेको अवस्थामा निर्देशक प्रसाईले राजवंशीलाई उनकै घरबाट उद्धार गरि निशुल्क उपचार गरि दिने बचन बद्धताका साथ अस्पताल पठाएका हुन ।


निम्न अवस्था भएका, मानसिक रोगी, क्यान्सर, मृगौला तथा महिलाहरुको पाठेघरको उपचारमा समेत सकृय रहेका प्रसाईले झापा क्षेत्र नं. ३ का पाँच हजार परिवारको स्वास्थ्य बिमा समेत गरि दिएका छन ।राजवंशीको आर्थिक अभावका कारण उपचार गर्न नसकेको खबर पाए पछि आफै आएर अवस्था हेरी सम्पुर्ण उपचारको खर्च निशुल्क गरि दिने गरि उद्धार गरेको प्रसाईले बताएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार