आर्थिक विकास –
(क) कृषि तर्फ–
१. “हल्दीबारीको बाचा, झापाभरी माछा” कार्यक्रमलाई निरन्तरता दिईनेछ । हल्दिवारीगाउँपालिका एवं समग्र झापा जिल्लालाई नै माछा उत्पादनमा आत्मनिर्भर गराउनका लागियस कार्यक्रमलाई उद्यमशीलता र गरिवी न्युनीकरणसँग आवद्ध गरिनेछ । न्युनतम एक कठ्ठाजग्गामा माछा पोखरी क्षेत्र विस्तार गर्न चाहने कृषकलाई समेत प्रति कठ्ठा दश हजारका दरलेअनुदान उपलब्ध गराइनेछ । विषादी रहीत माछाको उपयोग मार्फत जनताको स्वास्थ्यको रक्षा
गर्न यसै आर्थिक वर्षदेखी हल्दीबारी गाउँपालिका क्षेत्रभित्रका बजारहरुमा फर्मालिनको प्रयोग
गरी आइसमा हालेका माछा विक्री वितरणमा रोक लगाइनेछ l

२. साविकमा माछा पालन व्यवसाय गर्दै आउनु भएका माछा पालक कृषकहरुलाई अनुदानमासामग्रीहरु उपलव्ध गराउने नितिलाई अख्तियार गरिनेछ ।
३. “किसानको खुशी, पशुपालन र कृषि” कार्यक्रमलाई निरन्तरता दिइनेछ । यस अन्तर्गत निम्न वमोजिम कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ :–
क. कृषकहरुलाई कृषि कार्यसँग सम्बन्धित आवश्यक मल तथा विउ, विजन सहुलियत मुल्यमा समयमै गाउँपालिका भित्रका कृषि तथा बहुउदेश्यीय सहकारी संस्थाहरु मार्फत उपलव्ध गराउन आवश्यक प्रबन्ध मिलाईनेछ ।
 . परम्परागत कृषि तथा पशुपालन प्रणालीलाइ समयसापेक्ष प्रविधिमैत्री बनाइ आधुनिकिकरणमा जोड गरिनेछ ।
 पशु नश्ल सुधार कार्यक्रम मार्फत सुत्केरी भएका गाई भैंसीलाई प्रोत्साहन स्वरुप एक हजार रुपैंया सुत्केरी भत्ता सम्बन्धित कृषकलाई उपलब्ध गराउने विगतदेखिको कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
 नेपाल सरकारले पशु विमा तथा वाली विमाका लागि व्योहोर्ने रकमका अतिरिक्त कृषकसँगको साझेदारीमा पशु एव वाली विमा प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
 कृषकसँगको साझेदारीमा पशु नश्ल सुधार कार्यक्रम सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

 आन्तरिक तथा वाह्य परजिवी नियन्त्रणका लागि गाउँपालिका भित्रका किसानहरुलाइ निशुल्क रुपमा जुका र नाम्लेको औषधि उपलब्ध गराइनेछ । सामान्य पशु उपचार सेवा वडा कार्यालय मार्फत उपलब्ध हुने गरी आवश्यक व्यवस्था मिलाइनेछ ।
 माहुरी पालन कार्यक्रम प्रवर्द्धन गर्न इच्छुक कृषक तथा सामुदायिक वन उपभोक्ता समुहहरुसँगको साझेदारीमा कम्तीमा एक घर, एक माहुरीको घार कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
 कृषक समुहहरुलाई कृषिमा यन्त्रिकीकरणका लागि अनदानु उपलब्ध गराइनेछ ।
 खेत बाझो नराख्ने कृषकहरुलाई कार्यबिधि निर्माण गरि विशेष अनुदान उपलब्ध गराइनेछ ।
 कृषकसँगको ५० प्रतिसत साझेदारीमा सिँचाई मोटर जडान तथा वितरणको कार्यलाई निरन्तरता दिइनेछ ।
 गाउँपालिका क्षेत्र भित्रका साना चिया कृषकहरुलाई चियाको उत्पादकत्व वढाउन सिँचाइका लागि आवश्यक सामाग्री एवम् इलेक्ट्रिक स्प्रे ट्याङकी लागतका सामग्री लागत साझेदारीमा उपलव्ध गराईनेछ ।
 गाउँपालिका क्षेत्र भित्र अर्गानिक खेति प्रवर्द्धनका लागी IPM तालिमको व्यवस्था मिलाईने छ ।
 हाम्रो भान्सामा दैनिक रुपमा प्रयोग हुने लसुन, प्याज, अदुवा, वेसार, खुर्सानी जस्ता मसलाजन्य वाली तथा तोरी, गहु, मकै, आलु जस्दा खाद्य वस्तुहरुको अन्यत्र क्षेत्रवाट आयात गर्नु पर्ने अवस्थालाई न्युनीकरण गर्दै व्यवसायिक उत्पादनका लागि प्रोत्साहन गर्न अनुदानमा विउ तथा मल उपलव्ध गराईनेछ ।
 गाउँपालिकामा कार्यरत कृषि तथा पशु प्राविधिकहरुलाई सम्बन्धित वडा अन्तर्गत सन्चालन हुने कृषि तथा पशुसँग सम्बन्धित कार्यक्रमहरुमा एक गाउँ, एक प्राविधिक कार्यक्रमसँग आवद्व गरी कृषकको घर दैलोसम्म सेवा प्रवाहको आवश्यक व्यवस्था मिलाईनेछ ।
 कृषि उत्पादनमा आत्मनिर्भर बनाउनका लागि एक वडा एक पकेट कार्यक्रम सञ्चालनमा ल्याई अलग अलग प्रकृतिका कृषि उपजको उत्पादनमुलक कार्यमा जोड दिइनेछ ।
 गाउँपालिका क्षेत्र भित्र दर्ता भएका कृषक तथा व्यवसायीहरुलाई बाख्रा तथा बङ्गुर गोठ सुधार कार्यलाई व्यवस्थित गर्न प्रोत्साहन स्वरुप अनुदान कार्यक्रम सञ्चालन गरिनेछ । साथै पशु व्यवसायीहरुलाई वि विभिन्न उन्नत जातका घाँसका विउ तथा विजन उपलब्ध गराइनेछ ।

 गाउँपालिका क्षेत्रमा ५ विघा भन्दा माथि सामुहिक खेति गर्ने समुह तथा कृषि सहकारीहरूलाई विशेष अनुदान उपलब्ध गराइनेछ ।
 कृषिजन्य उत्पादनको उचित मुल्य निर्धारण गरी कृषकहरुको आर्थिक अवस्था सवलीकरण गर्न थोक तथा हाटबजारको विकास, विस्तार र व्यवस्थापन गर्ने तथा आवश्यकता अनुसार निरन्तर अनुगमन तथा नियमन गरिनेछ ।
(ख) रोजगारी तर्फ–
 प्रधानमन्त्री रोजगार कार्यक्रम समेतसँग आवद्व गरी ‘;सबैलाई सीप, सबैलाई रोजगार‘ कार्यक्रमको सुरुवात गरीनेछ । गाउँपालिका क्षेत्रभित्र रहेका कम्तिमा ५०० जना युवा वेरोजगारहरुलाई शीपमुलक तालिम प्रदान गरी स्वावलम्बन, स्वरोजगार, उद्यमशिलता एवं आय बृदी मार्फत गरिवी न्युनीकरण गर्ने नीति अवलम्बन गरिनेछ ।
 गाउँपालिका भित्र बसोबास गर्ने अल्पसंख्यक, लोपोन्मुख, सिमान्तकृत, पिछडावर्ग र न्युन आय भएका समुदायहरुको लागि सिपमुलक तालिममा विषेश प्राथमिकता दिइनेछ

 हल्दीबारी गाउँपालिका भित्र एक तालिम केन्द्रको व्यवस्थापन गर्दै कार्यविधि निर्माण गरी स्वरोजगार केन्द्र स्थापना गरिनेछ ।

(ग) पर्यटन तर्फ–
४. फेरी पनि घुम्न जाउँ, हल्दीबारी गाउँ अभियानलाई निरन्तरता दिईनेछ । जसका लागि निम्न अनुसारका कार्यक्रमहरु सन्चालन गरिनेछ ।
 भेलागढी सामुदायिक वनको हाताभित्र लोकतान्त्रिक शहीद स्मृत्ति पार्कमा आधारभुत संरचनाहरुको निर्माण कार्य सम्पन्न गरिनेछ ।
 गाउँपालिका क्षेत्र भित्र आन्तरिक तथा वाहय पर्यटन प्रवर्द्धनका लागि हल्दीबारी पर्यटन महोत्सव सन्चालन गरिनेछ ।
 हल्दीबारी गाउँपालिका क्षेत्र भित्र रहेका पाथिभरा, धनुष पोखरी, साकेला, स्वर्गद्वारी धार्मिक पर्योटकीय स्थल तथा पुरातात्विक, सांस्कृतिक इतिहास बोकेका धरोहर तथा सिमसार क्षेत्रहरुलाई पर्यटकीय स्थलको रुपमा विकास एवम् विस्तार गर्न आवश्यक सम्भाव्यता अध्ययनको कार्य अघि वढाइनेछ ।

 जलथल जंगल र आवादिको सिमाना बिचको सडकलाई पर्यटकीय सडकको रुपमा विकास गरी आन्तरिक तथा वाह्य पर्यटनका लागि हल्दीबारी गाउँपालिका क्षेत्र भित्र रहेको सबै जातजातीहरुको जातिय पहिचान झल्काउने गरी होम स्टेहरुको विकास गर्न सम्भाव्यता अध्ययनको कार्य अगाडी बढाइनेछ ।
 स्थानीय श्रम, शीप प्रयोग हुने तथा स्थानीय कला, संस्कृती झल्काउने सामाग्रीहरुको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गर्न लोक संग्राहालय तथा कोशेली घर स्थापना, सन्चालन र  व्यवस्थापन गरिनेछ ।
(घ) सहकारी तर्फ–
 गाउँपालिका क्षेत्र भित्र रहेका सहकारी संस्थाहरुसँग समन्वय र सहकार्य गरी ‘;एकसहकारी, एक उत्पादन” कार्यक्रम मार्फत कृषि उपज बस्तुहरु खरिद, विक्री तथा वितरणको व्यवस्था मिलाइनेछ ।
. स्थानीय श्रम, सीप र पुँजी प्रयोग गरी स्थानीय स्तर मै उत्पादन हुन सक्ने चामल, तोरीको तेल, माछाको दाना, च्याउ, स्यानिटरी प्याड, व्याग, जुत्ता–चप्पल लगायतका वस्तुहरुको प्रवर्द्धन, वजारीकरण तथा विविधिकरणका लागि स्थानीयस्तरमा लघु उद्योगहरु सन्चालनका लागि सहकारी संस्थाहरुसँग आवश्यक समन्वय गरिनेछ ।
 उद्यमशिल हुन इच्छुक नागरिकहरुलाई कृषि सहकारी ,बहुउद्देश्य ऋण सहकारी तथा स्थानीय बैंकहरुको पुँजी परिचालन मार्फत व्यवसाय सञ्चालन गर्न सहुलियतमा ऋण उपलब्ध गराउने व्यवस्थाका लागि समन्वयकारी भुमिका निर्वाह गरिनेछ ।
. गाउँपालिका क्षेत्र भित्र सञ्चालित कृषि सहकारी संस्थाहरुसँग सहकार्य गरी मध्यम स्तरको कोल्डस्टोर निर्माण, संचालन तथा व्यवस्थापन गरिनेछ ।
. गाउँपालिका क्षेत्रभित्र क्रियाशील सहकारी संघ संस्थाहरुको सञ्चालन पद्दती, ऋण नीति एवं संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि व्यवस्थालाइ कडाइका साथ नियमन गरिनेछ, कार्यलाइ थप प्रभावकारी बनाइनेछ । संस्थाहरुले आफ्नो उद्देश्य अनुरुप हुने गरी मात्र ऋण प्रवाहको व्यवस्था मिलाउन आवश्यक अनुगमन एवं निर्देशन गरिनेछ ।
(ङ) उद्योग वाणिज्य तर्फ–
. गाउँपालिका क्षेत्रभित्र स्थापना भई सञ्चालनमा रहेका उद्योग कलकारखानाहरुलाई थप व्यवस्थित र सुरक्षित वनाउन आवश्यक व्यवस्था मिलाईनेछ ।

. उद्योग ब्यवसायीहरुले आफ्नो उद्योगधन्दा र कलकारखानामा प्राथमिक उपचार केन्द्र स्थापना गरी कामदारको सुरक्षालाई प्राथमिकता दिन आवश्यक नीतिगत व्यवस्था मिलाइनेछ ।
. गाउँपालिका क्षेत्रभित्र स्थापना भई सञ्चालनमा रहेका उद्योगधन्दा, कलकारखानामा काम गर्ने कामदारहरुको अनिवार्य स्वास्थ्य विमा गर्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागु गरिनेछ । हल्दीबारी गाउँपालिका भित्र स्थायी वसोवास भएका कामदार तथा मजदुरहरुको पहिचान गरी निशुल्क स्वास्थय विमा गर्ने व्यवस्था मिलाइनेछ ।
. सरोकारवाला निकायहरुसँग सहकार्य र समन्वय गरी गाउँपालिका क्षेत्रभित्र रहेका चिया किसानहरुले उत्पादन गर्ने चियापत्तीको मूल्य सामयिक बनाउन तथा निर्धारण गर्नका लागि गाउँपालिकाबाट नेतृत्वदायी भूमिका निर्वाह गरिनेछ ।
. स्थानीय नागरिकहरुलाई रोजगारीको अवसर उपलब्ध गराउने, स्वदेशी तथा विदेशी लगानी भित्र्याई स्थानीयस्तरमा उद्योगधन्दा, कलकारखानाको स्थापना गर्न चाहने व्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहन स्वरुप स्थानीय करमा छुट दिने नीति अवलम्बन गरिनेछ ।
(आ) सामाजिक विकास–
(क) खानेपानी तथा सरसफाई तर्फ –
. हल्दीबारी गाउँपालिका भित्र स्वच्छ खानेपानी आपूर्तिका लागि ‘हाम्रो लगानी, घर घरमा स्वच्छ खानेपानी’कार्यक्रम सन्चालन गरी गाउँपालिकावाट खानेपानी पाईप लाइन विस्तार गरिनेछ ।
. हल्दीबारी गाउँपालिका क्षेत्र भित्रका आर्थिक रुपले विपन्न सबै घर परिवारमा निशुल्क खानेपानी धारा जडान गर्ने तथा धारा जडान भएका सबै परिवारलाई मासिक दश हजार लिटर पानी निशुल्क दिने कार्यको प्रारम्भ यसै आ.ब बाट गरिनेछ ।
. गाउँपालिका क्षेत्रभित्र रहेका सबै खानेपानी उपभोक्ता समितिहरुलाई आवश्यक नियमन गरिनेछ ।
. गाउँपालिका क्षेत्र भित्रका सार्वजनिक स्थलहरुमा स्वच्छ खानेपानी उपलब्ध हुने व्यवस्था मिलाइनेछ ।
. गाउँपालिका क्षेत्र भित्र साप्ताहिक रुपमा सञ्चालन हुने हाटबजारबाट निस्कने फोहोरमैलाको उचित व्यवस्थापन गरिनुका साथै सार्वजनिक स्थानहरुमा सार्वजनिक सौचालय निर्माण कार्य अघि बढाइनेछ ।

(ख) लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तर्फ–
. ‘हल्दीबारीका महिला, विकासमा पहिला’ भन्ने अभियानलाई जीवन्त राख्न टोल विकास संस्थाको पुन:गठन तथा परिचालन कार्यलाई प्राथामिकताका साथ सञ्चालन गरिनेछ ।
. वडास्तरमा गठन गरिएको समावेशी विकास समिति, युवा तथा खेलकुल विकास समिति,महिला विकास समिति र गाउँपालिकास्तरीय समावेशी विकास परिषद्, युवा तथा खेलकुदविकास परिषद्, महिला विकास परिषद मार्फत क्षमता अभिवृद्धि तथा सशक्तिकरणका कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ ।
. ‘समृद्धिका पालक, हल्दीबारीका बालक’ अभियानलाई कार्यान्वयन गर्न प्रत्येक वडामागठन गरिएका बाल क्लबहरुको क्षमता अभिवृद्धि र नेतृत्व विकाश गरिनेछ । साथै राज्य निर्माणका हरेक गतविधिमा सकृय सहभागी हुने गरी शासकीय प्रणालीमा अभ्यस्त गराउनका लागि नमूना बाल संसद कार्यक्रमलाइ प्राथामिकताका साथ सञ्चालन गरिनुको साथै युवाहरुलाइ जीवनयापनका लागि सहि मार्गमा डोर्याउन निरन्तर रुपमा लागू औषध दुर्व्यसन
विरुद्धको सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
. ज्येष्ठ नागरिक, अल्पसंख्यक, दलित, आदिवासी जनजाति, मधेसी, फरक क्षमता भएका व्यक्ति, पिछडिएको क्षेत्र र न्यून आय भएका वर्गको सशक्तिकरणका लागि उद्यमशीलता सँग सम्बन्धित कार्यक्रमहरु तर्जुमा गरी सञ्चालनमा ल्याइनेछ ।
. जेष्ठ नागरिकहरुका लागि जेष्ठ नागरिक मिलन केन्द्र चौताराहरु निर्माण गरिनेछ ।
. साहित्यिक मन, कृषि र पर्यटन अभियानलाई कार्यान्वयनमा लैजानका लागि साहित्य र कला मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति आर्जन गरेका स्थानीय व्यक्तित्वहरुलाई सम्मान गर्ने संस्कारलाई निरन्तरता दिइनेछ ।
. दलित समुदायको आर्थिक सामाजिक तथा राजनीतिक लगायत अन्य क्षेत्रको सशक्तिकरणका लागि गाउँपालिकाको सवै वडाहरुमा उत्पिडित सशक्तिकरण केन्द्र गठन गरी संचालन गरिनेछ ।

(ग) शिक्षा तथा खेलकुद तर्फ–
 ‘हामी सबैका ईच्छा, अनिवार्य निशुल्क शिक्षा’ कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई नि:शुल्क पठनपाठनको व्यवस्थालाई निरन्तरता दिदै शिक्षाको गुणस्तरियता अभिवृद्धिका लागि अनुगमन कार्यलाई थप प्रभावकारी बनाइनेछ । हल्दीबारी मा.वि., श्री जनजागृति मा.वि. र श्री लक्ष्मी मा.वि.लाई शैक्षिक गतिविधि संचालन गर्न अनुदान उपलब्ध गराइनेछ । पठनपाठनको नाममा विद्यार्थीबाट शुल्क असुली गर्ने प्रथाको अन्त्य
गरिनेछ ।
. सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा प्रवर्द्धन गर्नका लागि घुम्ती कम्प्युटर शिक्षक एवं विद्यालयमा अति आवश्यक जनशक्तिको पुर्ती गर्न आवश्यक विषयका शिक्षकको लागि दिइने अनुदान कार्यलाई निरन्तरता दिइनेछ ।
. गाउँपालिकाको कार्यालय, वडा कार्यालय, सबै सामुदायिक विद्यालय, स्वास्थ्य चौकीहरुमा जडान गरिएका सि.सि. क्यामराहरुको तथ्याङ्कहरु एकीकृत गरी उक्त तथ्याङ्क उपर गाउँ कार्यपालिकाको कार्यालय र वडा कार्यालयसमेतको पहुँच स्थापना गर्न आवश्यक सामग्रीहरुको व्यवस्थापन गरी इन्ट्रानेट मार्फत सञ्जालीकरण गर्ने व्यवस्था मिलाईनेछ ।
. सामुदायिक विद्यालय प्रति आम स्थानीयवासीको विश्वसनीयता बढाई शैक्षिक गुणस्तर समेत अभिवृद्धि गर्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय राजनैतिक दल, नागरिक समाज लगायत आम सरोकारवालालाई लक्षित गरी सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
. सामुदायिक विद्यालयमा कार्यरत बालशिक्षक, लेखापाल तथा सहयोगी कर्मचारीहरुलाई श्रम ऐनले तोकेको न्युनतम सेवा सुविधा उपलब्ध गराइनेछ । यसका लागि उनीहरुलाई नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त गर्ने सेवा सुविधामा अपूग रकम गाउँपालिकाबाट व्योहोर्ने व्यवस्था मिलाइनेछ ।
. सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट SEE मा उत्कृष्ट नतिजा ल्याउने २ जना छात्रा र २ जना छात्रलाई सम्मान तथा पूरस्कारको व्यवस्था मिलाइनेछ ।
. लोपोन्मुख मेचे समुदायको भाषा संरक्षणका लागि सोही समुदायका विद्यार्थीहरुलाई लक्षित गरी श्री दीपेन्द्र प्रा.वि.मा मेचेहरुको मातृभाषामा पठनपाठन गर्ने गराउने कार्यलाई थप व्यवस्थित गरिनेछ ।
. ;बेसाहराको साहरा, हल्दीबारी गाउँपालिका’ भन्ने नारालाई निरन्तरता दिदै अभिभावक विहिन १६ वर्ष उमेर समुह भित्र रहेका वालवालिकाहरुलाई शैक्षिक सामग्रीको लागि मासिक रु १ हजार उपलब्ध गराइनेछ ।
.निम्न आय भएका जेहेन्दार विद्यार्थीमध्ये वार्षिक रुपमा एक जना डाक्टर र एक जना सिभिल इन्जिनियर गरी दुई जनालाई कार्यविधि बमोजिम छात्रवृत्ती प्रदान गरिनेछ ।

. गाउँपालिका तथा वडास्तरीय फुटवल/ भलिवल तथा अन्य खेलका टिमहरु तयार गरिनेछ ।
. युवाहरुको मागको आधारमा खुल्ला व्यामशालाहरु स्थापना गरिनेछ ।
(घ) स्वास्थ्य तर्फ–
. गाउँपालिका स्तरीय पन्ध्र शैयाको आधारभूत अस्पतालमा चिकित्सक सहितको उपचार सेवाको व्यवस्था मिलाईनेछ साथै अस्पताल मार्फत स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याईनेछ साथै सुपथ मुल्यको फार्मेसी सेवा समेत सञ्चालन गरिनेछ ।
. गाउँपालिका क्षेत्र भित्रका विपन्न परिवारमा जन्मिएका शिशुहरुको सुपोषणको लागि मातृ शिशु स्याहार कार्यक्रम मार्फत गाउँपालिका मातहतमा रहेका स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरुबाट सेवा लिइरहेका सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराइनेछ ।
. सबै वडाहरुमा रहेको ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, फरक क्षमता भएका नागरिकहरुलाई कम्तिमा महिनाको एक पटक घरभेट मार्फत स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
. राष्ट्रिय स्वास्थ्य कार्यक्रमहरुलाई निरन्तरता दिइ प्रभावकारी रुपमा सञ्चालन गर्दै विपन्नसँग सम्बन्धित क्यान्सर, मुटुरोग, मृगौलारोग, स्पाइनलकड लगायतका अन्य विरामीहरुलाई समेत जनता उपचार सहायता तथा आकस्मिक स्वास्थ्य व्यवस्थापन कोष मार्फत लाभान्वित हुने व्यवस्था मिलाइनेछ ।
. गरिवीका रेखामुनि रहेका प्रत्येक परिवारको पहिचान गरी निशुल्क स्वास्थ्य विमा गरिनेछ ।
. गाउँपालिकाको आधारभूत अस्पतालको मातहतमा रहने गरी एम्बुलेन्स सेवा सञ्चालन गरिनेछ ।
. गाउँपालिका अन्तर्गत रहेका सबै स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रहरुमा प्याथोलोजी ल्याब सेवाको दायरा बढाउनुको साथै भिडियो X-Ray सेवा समेत सञ्चालनमा ल्याइनेछ ।
. स्वास्थ्य सेवा सम्बन्धि समुदाय स्तरीय जनचेतना मुलक कार्यक्रम सञ्चालन गरी उपचारात्मक, निरोधात्मक र प्रवर्द्धनात्मक स्वास्थ्य सेवा प्रवाह गर्ने गरी लागत उपयोगी कार्यक्रम समन्वयात्मक रुपमा सञ्चालन गरिनेछ ।
. पाठेघर तथा स्तन क्यानसर जस्ता घातक रोगहरुको भ्याक्सिन उपलब्ध गराउने तथा चेतनामुलक कार्यक्रमको व्यवस्था मिलाइनेछ ।

. हल्दीबारी गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको कम्तिमा वर्षको दुइ पटक स्वास्थ्य परिक्षण गर्न स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
. ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला र शहीद तथा वेपत्ता परिवारका सन्ततीहरुलाई जलथल स्वास्थ्य चौकी, गोलधाप स्वास्थ्य चौकी र हल्दीबारी स्वास्थ्य चौकीबाट उपलब्ध हुने ल्याबको सम्पूर्ण सेवा नि:शुल्क उपलव्ध गराउने व्यवस्था मिलाईनेछ ।
(इ) पुर्वाधार विकास–
. हल्दीबारी गाउँपालिका भित्रका सडकहरुको नियमित रुपमा मर्मत संभार गर्ने ब्यवस्था मिलाइनेछ, गाउँपालिकाभित्रका मुख्य तथा सहायक सडकहरुलाइ स्तरोन्नति सहित ग्राभेल कार्य गर्नका लागि कायम गरिएको २५ फिटको न्यूनतम मापदण्डलाइ निरन्तरता दिइनेछ । तर कृषि सडक, टोल भित्रका सडक तथा विस्तार गर्न नसकिने खण्डहरुको हकमा भने सो मापदणड भन्दा कम चौडाइका सडक खण्डहरुलाइ समेत स्तरउन्नती तथा ग्राभेल व्यवस्था
मिलाईनेछ ।
. हल्दीबारी गाउँपालिकाबाट ठेक्का बन्दोबस्त भएका बहुबर्षे आयोजनाहरुलाई निरन्ता दिदै कालो पत्रे सडकको पहुँच नपुगेका वडाहरुका अति आवश्यक सडकहरु पहिचान गरी मुल सडकलाई कालो पत्रे गर्ने नीति अवलम्बन गरिनेछ ।
. हल्दीबारी गाउँपालिका भित्र रहेका मुख्य नदीहरुमा रहेको काठेपुल विस्तापित गरी पक्की पुल तथा साना नदी एवं खोला खोल्साहरुमा स्लाभ कल्भर्ट र झोलुङ्गे पुल निर्माण गरिनेछ ।
. हल्दीबारी गाउँपालिका भित्र विद्युतको पहुच नपुगेको टोल बस्तीहरुमा विद्युतको पहुँच विस्तार गरिनेछ ।
. हल्दीबारी गाउँपालिकामा गाउँपालिकाको दक्षिण तिर रहेको जलथल जंगल र आवादि बिचमा रहेको पर्यटकिय मार्गलाई पुर्णता दिदै यसै वर्ष ग्राभेल कार्य सम्पन्न गरिनेछ भने निकट भविष्यमा कालोपत्रे गर्ने कार्य गरी पर्यटकीय मार्गको रुपमा विकास गरिनेछ ।
. विगत वर्षहरुमा स्तरोन्नती तथा ग्राभेल गरिएका सडकहरुको नियमित मर्मतसम्भार हुने व्यवस्था मिलाइनेछ तथा नयाँ स्तरवृद्धि गरिने सडकका हकमा सम्बन्धित वडावाट नै ग्राभेल हुने व्यवस्था मिलाइनेछ ।

. गाउँपालिका क्षेत्रमा विद्युत भोल्टेज सुधारका लागि ट्रान्सफर्मर विस्तार गर्नुपर्ने स्थानहरुको पहिचान गरेर सम्बन्धित निकायसँग समन्वय गरी उज्यालो गाउँपालिका अभियानलाई पुर्णता दिइनेछ ।
. गाउँपालिका क्षेत्रमा रहेका बजारहरुलाई आधुनिक एवंम् व्यवस्थित बजारको रुपमा विस्तार गर्नका लागि बजारहरुको विस्तृत परियोजना प्रतिवेदन तयार पारिनेछ । साथै, आवश्यकता अनुसार बजार स्थानान्तरण गर्ने नीति समेत अवलम्वन गरिनेछ ।
. गाउँपालिका तथा वडा कार्यालयबाट सञ्चालन हुने रु ३ लाख सम्मका आयोजना सम्बन्धित टोल विकास संस्थाबाट र सो भन्दा माथिका आयोजनाहरुको हकमा अनिवार्य विद्युतिय ठेक्का मार्फत सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ ।
. “दिगो विकासको आधार, व्यवस्थित र जनमैत्री पूर्वाधार” भन्ने नीतिलाई व्यवहारमा कार्यन्वायन गर्नका लागि गाउँपालिका क्षेत्रमा निर्माण गर्नुपर्ने सडक, पुल तथा कल्भर्ट, भवन, विद्युत विस्तार, बजार व्यवस्थापन लगायतका पूर्वाधार विकाससंग सम्बन्धित आयोजनाहरुको तथ्याङ्क संकलन गरी स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम तर्जुमा दिग्दर्शन, २०७४ वमोजिम प्राथमिकीकरण गरेर मात्र आयोजना सञ्चालन गर्ने प्रकृया अगाडी बढाउने नीतिलाई
निरन्तर रुपमा अवलम्वन गदै लगिनेछ ।

(ई) वन, वातावरण तथा विपद् व्यवस्थापन–
. हल्दीबारी गाउँपालिकाको भौगोलिक क्षेत्राधिकारभित्र रहेका सबै सामुदायिक वनहरुलाई गाउँपालिकाको कानूनी दायराभित्र ल्याइनेछ । सबै सामुदायिक वन उपभोक्ता समुहहरुले गाउँपालिकाबाट स्वीकृत गराउनुपर्ने आफ्नो वार्षिक कार्ययोजना गाउँ कार्यपालिकाको निर्णयले स्वीकृत गराउने व्यवस्था मिलाइनेछ । सामुदायिक वन उपभोक्ता समुहको कार्ययोजना बमोजिम सामुदायिक वनले गरिवी न्युनीकरण र विकास निर्माणमा खर्च गर्नुपर्ने रकममा गाउँपालिकाले समेत साझेदारी गर्ने नीति अख्तियार गरिनेछ ।
. वन क्षेत्रभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका सबै पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माणका लागि संघीय तथा प्रादेशिक सरकार समक्ष अनुरोध गरिनेछ ।
. गाउँ विपद् व्यवस्थापन कोषमा आवश्यक रकम विनियोजन गरिनेछ । विपद्सँग सम्बन्धित प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक क्रियाकलापमा उक्त कोषबाट खर्च गर्ने व्यवस्था मिलाइनेछ ।

. घाँसे प्रजातिका एवम् फलफुल प्रजातिका विरुवाहरु प्राथामिकतामा राखी सार्वजनिक स्थानमा वृक्षारोपण अभियान सञ्चालन गरिनेछ ।
. हात्ती नियन्त्रका लागि गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा पर्ने जलथल जंगलको सिमानामा रहेको सौर्य विद्युतिय तारबारको संरक्षण र मर्मतका लागि आवश्यकिय व्यवस्था मिलाईनेछ ।
. गाउँपालिका भित्रबाट बग्ने मुख्य नदीहरुबाट हुने कटान र भूक्षयको रोकथाम तथा तटबन्धनका लागि सम्बन्धित निकायहरुमा आवश्यक पहल गरिनेछ ।
. भैपरि आउने विपद व्यवस्थापनका लागि आवश्यक पर्ने सामाग्रीहरु खरिद गरी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाईने छ ।
(उ) संस्थागत विकास तथा सेवा प्रवाह–
. कार्यालयको काम कर्मचारी स्वयम्ले खोजी खोजी गर्ने संस्कार स्थापना गर्न वर्षभरीमा उत्कृष्ट कार्य सम्पादन गर्ने एकजना सर्वोत्कृष्ट र एकजना उत्कृष्ट कर्मचारी सम्मान गर्ने संस्कारलाई निरन्तरता दिइएको छ ।
. सबै वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाको समेत आफ्नै आधिकारिक वेभसाइट निर्माण गरी सम्पूर्ण सूचना तथा जानकारीहरु वेभसाइट मार्फत सार्वजनिक गर्ने ब्यवस्था मिलाइनेछ ।
. कर्मचारी कल्याणकारी कोष नियमावली, २०७५ बमोजिम स्थापना गरिएको कर्मचारी कल्याणकारी कोषको व्यवस्थापन तथा परिचालनलाई थप व्यवस्थित गरिनेछ ।
. गाउँपालिकाले प्रवाह गर्नुपर्ने सार्वजनिक सेवालाई प्रभावकारी, मितव्ययी र गुणस्तरीय बनाउनका लागि गाउँसभा तथा गाउँ कार्यपालिकाबाट पारित नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड आदिको सामयिक संशोधनको व्यवस्था मिलाइनेछ ।
. सभ्य समाज निर्माण एवम् कुशल नेतृत्व विकास गर्नका लागि न्यायिक समितिको अगुवाईमा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत अन्य संघीय, प्रादेशिक तथा स्थानीय कानूनमा भएका महत्वपूर्ण प्रावधानहरु समेटी स्थानीय राजनैतिक दल, मेलमिलाप केन्द्र, नागरिक समाज, विभिन्न संघसंस्थामा आवद्ध पदाधिकारी लगायत आम सरोकारवाला नागरिकहरुलाई अभिमुखीकृत गरिनेछ ।

. सबै सामुदायिक विद्यालय, गाउँपालिकाको कार्यालय, स्वास्थ्य चौकीहरु एवम् वडा कार्यालयहरुमा प्रयोग हुने गरि एकिकृत सफ्टवेयर/प्रणाली प्रयोग गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।
. गाउँपालिकाको कार्यालयमा अपाङ्ग हेल्प डेस्कको स्थापना गरिनेछ ।
. आवश्यक नीतिगत तथा संस्थागत व्यवस्था गरि स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेको गाउँ प्रहरीको अवधारणलाई कार्यान्वयनमा ल्याईनेछ ।
. कर्मचारीहरुलाइ उत्प्रेरित गरी उच्च स्तरको कार्यसम्पादन मार्फत सेवा प्रवाहलाइ छिटो, छरितो, प्रभावकारी एवं जनमैत्री बनाउँनका लागि गाउँ कार्यपालिकाको कार्यालय तथा स्वास्थ्य चौकीहरुमा कार्यरत कर्मचारीहरुलाई मौद्रीक प्रोत्साहन उपलब्ध गराइनेछ ।
. माथि उल्लिखित बाहेक अघिल्लो गाउँसभा अधिवेशनद्धारा पारित नीति तथा कार्यक्रमलाई निरन्तर कार्यान्वयन गर्दै लगिनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार