संखुवासभा मादी हत्या काण्डमा सम्लग्न ४ जनालाई आजीवन जेल सजाय सुनाइएको छ। जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको हत्यामा सम्लग्न ४ जनालाई आजीवन काराबास सुनाएको हो ।

पाँच जना पक्राउ परेका मध्ये १७ वर्षीय बालकलाई भने अदालतले १६ वर्षको कारावासको फैसला सुनाएको छ । हत्या आरोपमा लोकबहादुर कार्की, खड्गबहादुर कार्की, उनका छोरा हस्तबहादुर कार्की, रणबहादुर कार्की र उनका छोरा नरेश कार्की पक्राउ परेका थिए ।

पाँचै जना मृतक तेजबहादुर कार्कीका आफन्त हुन् । घटना २०७८ भदौ २१ गतेको हो । मादी नगरपालिका–उमलिङका एकै परिवारका ६ जना तेजबहादुर, उनकी आमा पार्वती, उनकी श्रीमती कमला, बुहारी रञ्जना, नाति विपिन र नातिनी गोमा कार्कीको रातको समयमा हत्या भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार