शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ४५ दशमलव ८३ अंकले घटेर २०३० दशमलव ८३ विन्दुमा रोकिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ७ दशमलव ८९ अंकले घटेर ३८८ दशमलव ०५ बिन्दुमा थामिएको हो ।

साताको कारोबारको तेस्रो दिन मंगलबार २२८ कम्पनीको २ अर्ब ८४ करोड १८ लाख ४ हजार ६७७ रुपैयाँ बराबरको ८२ लाख ९३ हजार ५९० कित्ता शेयर खरिद विक्रि गरेको नेप्सेले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार