रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका चार जनाको धुलीखेल अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा ठुला तामाङ, विपना तामाङ, कमल तामाङ, सुदीप गजमेर, सुभलक्ष्मी मानन्धर र कुलबहादुर बिक रहेका छन् ।

दुर्घटनामा घाइते भएका २१ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। ३ जना गम्भिर घाइतेलाई भने हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा।३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा मृत्यु भएको रामेछापकी सहायक प्रमुख जिल्ला अधिकारी गिता गुरुङका रिपोर्टर्स नेपाललाई बताइन् । तिब्रगतिका कारण बस दुर्घटनामा परेको आशंका गरिएको छ । २७ जना यात्रु सवार बस सडकबाट झन्डै तीन सय मिटर तल खोल्सामा खसेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार