बैतडी – भारतबाट फर्किएका २४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । सुदूरपश्चिम प्रदेशमा आज ५० जनामा सङ्क्रमण पुष्टि हुँदा २४ जना भारतबाट फर्किएका रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गएको २४ घण्टामा प्रदेशभर एन्टीजेन र पिसिआर गरी ६८९ को परीक्षण गरिएको हो ।

मङ्गलबार गड्डाचौकी नाकाबाट फर्किएका १९, गौरीफन्टाबाट तीन र झुलाघाट नाकाबाट फर्किएका दुई जनामा सङ्क्रमण देखिएको हो । यस्तै कैलालीमा ११ र कञ्चनपुरमा थप १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस प्रदेशका भारतसँग सीमा जोडिएका नाकामै कोरोना परीक्षण कार्य जारी रहेको हो । सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैको एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

सुदूरपश्चिममा हालसम्म पाँच लाख ६० हजार ३०३ को कोरोना परीक्षण गरिएकोमा ६० हजार १७ मा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म ६३३ को ज्यान गइसकेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार