काठमाडौं, २५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमणबाट स्वदेश फर्किएका छन् । उनले स्वदेश फर्किएपछि नागरिकता विधेयक प्रमाणिकरणमा ढिलाईबारे बोलेका छन् ।

प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विधेयक प्रमाणिकरणमा ढिलाई भएकोमा प्रश्न उठाएका छन् । उनले पत्रकारको प्रश्नमा भने,‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई लाग्छ र ढिलो नहुनुपर्दथ्यो ।’ नागरिकता विधेयक प्रमाणिकरणका लागि पठाइएकोमा राष्ट्रपति कार्यालयले रोकेर राखेकोमा प्रचण्डको भनाई आउनुलाई चासोका साथ हेरिएको छ ।

प्रचण्डले जापान भ्रमण सफल भएको बताउँदै महत्वपूर्ण भेटहरु भएको बताए । उनले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरु, व्यवसायीलगायतसँग भेट गरेका थिए ।- तस्बिरः मुकुन्द कालिकोटे

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार