आकाशमा उडिरहेको विमानमा एक्कासी समस्या आएपछि तत्कालै ल्याण्ड गर्नुपर्ने हुन्छ ।अमेरिकाको क्यालिफोर्नियाको एउटा हाइवेमा उक्त विमान अचानक ल्याण्ड गर्न बाध्य हुन्छन् पाइलट ।

विमान हल्लिँदै उडिरहेका बेला चालकले ल्याण्ड गर्न खोजीरुहँदा सडकमा गुसिडरहेका गाडीहरुलाई तर्काउन खोज्दा खोज्दै विमानको एउटा पंका एक्कासी सडकमा बजारिन पुग्छ र तत्कालै आगलागी हुन्छ ।

क्यालिफोर्निया हाइवे पेट्रोल सीएचपीका अनुसार विमानमा सवार सबै यात्रुहरु र चालक दलका सदसइहरु भने सकुसल रहेका छन् ।विमानका पाइलट एंड्रयू चोका अनुसार उनले केही समय अघि मात्रै नजिकैको कोरोना म्यूनिसिपल विमानस्थलबाट उडान भरेका थिए ।

तर विमान उडे लगत्तै इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गर्नु परेको प्रतिक्रिया दिएका छन् । विमानमा सवार यात्रुहरुले पाइलटको चलाखीपूर्ण ल्याण्ड गर्ने तरिकाले आँफुहरु सकुशल रहेको बताएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार