हल्दिवारी, ५ भदौ । बिस्वमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने नेपाली मुलका अर्जुन प्रसाद मैनाली   ‘लाइफ़ टाइम एचिवमेन्ट अवार्ड ‘ बाट सम्मानित हुनुभएको छ ।
करिब दुई दशकदेखि अमेरिकाको न्यूयोर्कमा बसेर हालै मात्र नर्थ क्यारोलिना बसाइ आउनुभएका मैनाली नेपाली मूलका रक्तदाताहरुमध्ये सर्वाधिक रक्तदान गर्ने व्यक्ति हुनुहुन्छ । उहाँले हालसम्म दुई सय तीन पटक रक्तदान गरिसक्नुभएको छ ।
अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले हस्ताक्षर गरेका सम्मान पत्रमा ‘ कृतज्ञ मान्यताका साथ अमेरिका र संयुक्त राज्य अमेरिकाको राष्ट्रपति कार्यालयले अर्जुन प्रसाद मैनालीलाई स्वयम्सेवाको माध्यमबाट बलियो राष्ट्र निर्माण गर्ने आजीवन प्रतिबद्धताको लागि राष्ट्रपतिको जीवनभर उपलब्धि पुरस्कारले सम्मान गरेको छ’  संमान पत्रमा लेखेको छ।
नेपाल-अमेरिका द्विपक्षीय सम्बन्ध स्थापना भएको ७५ बर्षगाँठका अवसरमा नेपाल भिजन संस्था, न्यूयोर्कले मैनालीलाई  आज सम्मान प्रदान गरेको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार