बनियानी, १० भदौ । रोटरी क्लब अफ बिर्तामोड र रोट्याक क्लब अफ बिर्तामोडको सहकार्यमा झापाको कचनकवल गाउँपालिका लाई करीब ६ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरीएको छ ।

रोटरी क्लबका अध्यक्ष ओम बिमलीको सभापतीत्व तथा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंसीको प्रमुख आतिथ्यमा इसिजि मिसिन तथा अन्य मेडिकल सामाग्री बनियानि आधारभुत स्वास्थ चौकीमा आयोजित कार्यक्रममा हस्तान्तरण गरीएको छ ।

कचनकवल गाउँपालिका अन्तरगत बनियानि उप- स्वास्थ चौकी ,घेराबारी उप- स्वस्थ्य चौकी र केचना उप- स्वास्थ चौकीलाई एक एक थान ECG मिसिन र मेडिकल सामाग्री Terry Mikeska Foundation मार्फत सहयोग उपलब्ध गराईएको रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष ओम बिमलीले बताउनु भएको छ ।

उक्त ECG मिसिन तथा स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा Terry Mikeska Foundation का सस्थापक Terry Mikeska को समेत उपस्थिति रहेको थियो ।

ECG तथा मेडिकल सामाग्री हस्तान्तरण कार्यक्रमलाई प्रमुख अतिथि राजवंसी , कार्यक्रमका अध्यक्ष तथा रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष ओम कृस्ण बिमलि , Terry Mikeska Foundation का संस्थापक Terry Mikeska , एजि राधिका गुरुङ , डा. लक्ष्मी मैनाली ,डा. सन्तोष कुमार गणेशले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रमलाई स्वागत सुनिल थापाले गर्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण प्रज्वल बिमली ले गर्नु भएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार