नेकपा एमालेले आगामी निर्वाचनको लागि उम्मेदवार छनोट गर्न ५ बुँदे मापदण्ड प्रस्ताव गरेको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको पार्टी केन्द्रीय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सो प्रस्ताव गरेका हुन् । यही भदौं २० गते सम्म सिफारिसको अन्तिम मिति तय गर्ने ओलीले बताए ।

ओलीले प्रस्तावमा प्रतिनिधीसभाको सदस्य उम्मेदवार सिफारिस सम्वन्धित प्रतिनिधीसभा निर्वाचन क्षेत्र समन्वय कमिटिको बैठकले गर्ने र एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको हकमा भने जिल्ला कमिटिको बैठकले सिफारिस गर्ने गरी सिफारिस गर्ने भएको छ ।

 एमालेले आगामी प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनौटको ५ बुँदे मापदण्ड प्रस्ताव गरेको छ । पार्टी केन्द्रीय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले त्यस्तो प्रस्ताव गरेका हुन् ।

प्रत्येक निर्वाचन क्षेत्रवाट तोकिएको मापदण्ड अनुसार एक जना महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने, समानुपातिकको हकमा सन्तुलन र समावेशीतालाई ध्यान दिँदैं सम्वन्धित निर्वाचन क्षेत्र समन्वय कमिटिको बैठकले सिफारिस गर्ने, प्रस्तावमा भनिएको छ ।

यस्तो छ उममेदवार छनौटको मापदण्ड : 
– पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता
– लोकप्रियता र विजयको सुनिश्चितता
– आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा
– सन्तुलन र समावेशिता
– निर्वाचन कानुन वमोजिमको योग्यता

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार