हल्दिबारी , भदौ १२ / टि–२० श्रृङखलाको तेस्रो खेलमा नेपालद्वारा केन्या ४ विकेटले पराजित गरेको छ ।

यस जितपछि पाँच खेलको शृंखलामा नेपालले २–१ को अग्रता लिएको छ । यसअघि पहिलो खेल नेपालले ५ विकेटले जित्दा दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो ।

नैरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालले २० ओभरमा १ सय ५७ रनको विजयी लक्ष्य पाएको थियो ।

केन्याले दिएको उक्त लक्ष्य नेपाल १९.३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएर पूरा गर्‍यो । चौथो खेल सोमबार हुनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार