हल्दिबारी,१६ भदाै । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा लोकपि्रय आदिवासी नेता भुमि प्रसाद राजवंशी झापा क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभा सदस्यमा सर्वसम्मत सिफारिस भएका छ्न ।

सो क्षेत्रमा गठबन्धनबाट प्रदेश सदस्यमा काङ्ग्रेसका नेता राजवंशीलाई उठाउने लगभग सहमति भएको श्रोतको दावी छ।

क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले उनिलाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो । राजवंशी २०७४ को चुनावमा एमाले ,माओवादी र राप्रपाको गठबन्धन उम्मेद्बार वसन्त  बानियाँसंग पराजित भएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार