हल्दिबारी, भदाै १९ । नेकपा एमाले झापा क्षेत्र नम्बर ३ बाट एमाले केन्द्रिय सदस्य तथा बिएण्सि मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यको लागी सर्वसम्मत सिफारिस गरेको छ ।

उनिसंगै प्रदेश (क) प्रत्यक्षमा बसन्त बानियाँ , चन्द्र श्रेष्ठ र हरी तिम्सिना लाई प्रदेश सभा सदस्यको लागि सिफारिस गरेको एमाले श्रोतले जनाएको छ।
त्यसैगरी प्रदेश ( ख ) प्रत्यक्षमा हरीबहादुर राजवंशी ,जिवन कुमार श्रेष्ठ ,सोमनाथ पोर्तेल , छविलाल चुडाल लक्ष्यमण पाठक , धनकेशर बस्नेत र ललीता बस्नेतलाई सिफारिस गरेको छ ।

प्रतिनिधि सभाको लागि एकल दुर्गा प्रसाईंको नाम सर्वसम्मत सिफारिस गरेर क्षेत्रमा प्रसाईको प्रभाव मजबुत रहेको सन्देश पार्टीलाई दिईएको छ । उनि एक बर्षदेखि यही क्षेत्रमा सक्रिय रूपमा सामाजिक तथा राजनैतिक कार्यक्रमहरु गर्दै आएका छ्न ।
उनको उम्मेद्बारीले झापा ३ मा सिटौला र लिङ्गदेनलाई समेत फलामको च्युरा भएको छ । उनले १ बर्ष यता राप्रपा ,काङ्ग्रेस ,माओवादीका ५ हजार बढि नेता कार्यकर्ता एमालेमा प्रवेश गराएका छ्न ।

प्रदेश सभा तर्फ ( क) मा प्रदेश सभा सदस्य समेत रहेका बसन्त बानियाँको प्रवल सम्भावना रहेको देखिन्छ भने प्रदेश ( ख ) मा विद्यार्थी नेतृत्व गर्दै आएका छविलाल चुडालको सम्भावना बढि रहेको एमाले श्रोतको दावी छ । शंकरदेव क्याम्पस स्ववियु सचीव , अनेरास्ववियु सचिवालय सदस्य हुदै झापा जिल्ला सदस्य तथा प्रदेश( ख) अध्यक्ष समेत रहेका चुडाल युवाहरु बिच लोकप्रिय छ्न । पार्टीमा युवाहरूलाई अगाडि बडाउनको लागी पनि उनको विकल्प छैन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार