भद्रपुर,२१ भाद्र । झापाको भद्रपुरमा सोमवार देखि ३ दिने निशुल्क आँखा उपचार शिविर शुरु भएको छ । सरिया परिवारको आयोजना, इनर व्हिल क्लव अफ भद्रपुरको सह आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा उपचार शिविर सुरु भएको हो ।

भद्रपुर स्थित आँखा उपचार केन्द्रमा सुरु भएको शिविरको भुमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्री ओम प्रकास सरावगीले उदघाटन गर्नुभएको थियो ।

दाता सत्यनारायण सरियाको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको विशेष आतिथ्य रहेको थियो भने रोटरी क्लव अफ भद्रपुर, इनरव्हील क्लव अफ भद्रपुर र मेची आखा अस्पतालका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

तालिम संयोजक युवराज वोहोराले संचालन गर्नुभएको शिविरको उदघाटन अवसरमा करिव २ सय जनाको आँखा जाँच,३२ जनाको शल्कक्रिया र ४ जनाको एजेरु पलाएको उपचार गरिएको थियो ।

उध्योगी चण्डी पराजुलीले स्वागत गर्नु भएको कार्यक्रममा इनरव्हील क्लवका अध्यक्ष कुशुम अधिकारी पराजुली,मेडिकल डाइरेक्टर डा।पुरुषोत्तम जोशीलगायतले शुभकामना मन्तव्य राख्नुभएको अस्पतालकी आउटरिच अफिसर कविता कार्कीले वताउनुभयो । शिविर भाद्र २२ गते सम्म संचालन हुनेछ

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार