भद्रपुर । मानविय सेवामा सक्रिय संस्था रोटरी क्लव अफ भद्रपुरले भद्रपुर १० स्थित कलवलगुढी प्राथमीक विध्यालयलाइ शैक्षिक समाग्री वितरण गरेको छ । शुक्रवार विध्यालयको सभाहलमा आयोजित कार्यक्रममा एक थान ल्यापटप कम्प्यूटर सहित शैक्षिक समाग्रीहरु वितरण गरेको हो । क्लवको T.E.A.C.H कार्यक्रम अन्तर्गल क्लवले एडप्ट गरेको स्कुललाइ हैप्पी स्कुल वनाउन डिष्टीक ग्रान्ड वाट प्राप्त सहयोगले स्कुललाइ खेलकुद समाग्री, स्टेशनरी, कल्चरल पोशाक समेत वितरण गरीएको हो ।

क्लवका अध्यक्ष इश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका प्रिन्सीपल कल्पना नेपालले सामुदयिक स्कलुलाइ गरेको सहयोगको लागि क्लवलाइ धन्यवाद दिदै प्राप्त सामाग्रिहरुको सहि सदुपयोग गरीने वचन समेत दिनुभयो ।
कार्यक्रममा स्कुलका शिक्षक, विध्यार्थि सहित क्लवका संस्थापक अध्यक्ष किशोर पराजुली, पुर्व अध्यक्षहरु राजकुमार पोखरेल, विगत ओझा, तथा विनोद चापागाइ, प्रदिप सरावगी,कविन राइ लगायतका रोटरीयनहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण रोट्याक क्लव र इनर व्यहील क्लव भद्रपुरले गरेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार