हल्दिबारी, २९ भाद्र। मङ्गलबार ५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर वेल्स बालक्लबले मेयर सँग बालबालिका कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोड ७ स्थित भुसाबाडीमा रहेको वेल्स मोडल स्कुलमा रहेको क्लबले बाल दिवसको अवसरमा कार्यक्रम आयोजना गरि बालबालिकाको समस्या र नगरपालिकाले बनाएको बाल नितिका बारेमा नगर प्रमुख प्रसाईंसँग अन्तरक्रिया गरिएको बालक्लब अध्यक्ष सुहानी प्रसाईंले बताइन् ।

बिर्तामोड नगरपालिकाका मेयर पबित्रा महतरा प्रसाईं, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र वडा नम्बर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलसँग बालबालिकाले जिज्ञासा राखेका हुन् ।

कार्यक्रममा बालबालिकाले बाल मैत्री नगर निर्माणमा नगरपालिकाको धारणा, बालबालिका र सुरक्षाको अवस्थामा नगरको दृष्टिकोण, सामुदायिक विद्यालयमा भएका समस्या, बाल ऐन र पुस्तकको ब्यबस्था लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

सोही कार्यक्रममा बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु मध्येबाट अनुसाशित, जेहेन्दार, मेहनती र प्रतिभाशाली विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । शिक्षा अधिकृत केशर बहादुर खवास, पत्रकार महासंघ झापाका कोषाध्यक्ष रन्जित प्रसाईं लगायतले विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।

प्रधानाध्यापक तारा प्रसाईंको अध्यक्षता रहेको कार्यक्रममा स्वागत प्रकाश बस्नेतले गरेका थिए । कार्यक्रमको संचालन फोकल पर्सन कमल भट्टराई र सहजीकरण संचार कर्मी हरी बरालले गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार