हल्दिबारी,३० भदौ ।बुधबार राति युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएकामे खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले माक्काबी चेरीलाई ३–० गोल हराउन सफल भएको हो ।

खेलमा टिमका मूख्य खेलाडी लियोलन मेस्सी, नेयमार र किलियन एम्बाप्पेले नै पालै पालो एक एक गोल गरे । खेलको ३७औं मिनेटमा मेस्सीले गोल गरि टिमलाई अग्रता दिलाए ।

त्यसपछि खेलको ६९औं मिनेटमा नेयमार र ८८औं मिनेटमा एम्बाप्पेले गोल गरे । खेलमा माक्काबी चेरीले गोल गर्ने केही मौका पाए पनि गर्न सकेनन् । जितसँगै पीएसजी दुई खेलबाट ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार