हल्दिवारी २९ भदौ  । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा झापाका ७७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लाका ७७ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनका लागि छनोट गरेको हो ।

मन्त्रालयले झापाका स्थानीय तहलाई गरेको परिपत्रअनुसार झापाको मेचीनगर, बुद्धशान्ति, बिर्तामोड, कचनकवल र झापा गाउँपालिकाका ४-४ विद्यालय छनोट भएका छन् । त्यस्तै गौरादह, बाह्रदशी र भद्रपुरका ५-५ वटा विधालय छनोटमा परेका छन् । अर्जुनधाराको ६, कमल ७, दमक १० र गौरीगञ्ज गाउँपालिकाको ३ वटा विद्यालय छनोट भएका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तार, आइटी ल्याव स्थापनालगायत कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गरेका विद्यालयमध्येबाट भदौ २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रममा सहभागी गराउने विद्यालयको नाम छनोट गरेको थियो ।

छनोटमा परेका विधालयहरु – क्लिक गर्नुहोस्

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार