आदर्णिय चन्द्र सर,याम सर ,वास्तवमा नै तपाईहरूको परिवारहरू, जन जिविकाको सवाल होस वा राजनैतिक परिवर्तनको सवाल होस वा सामाजिक बिकृति र बिसङ्गति होस यी बिषयहरूलाई सुधार गर्दै सुदृढ बनाउन लाग्नु भएको कुरा इतिहासले पुष्टि गरि सकेको छ र गर्ने नै छ,
       जुन परिवारमा जन्म लिनु भयो शिक्षित भएर पनि कुरीति बिरूद्ध जेलनेल भोग्न र दुख कष्ट भोग्न तयार रही राजनीतिमा प्रवेश भएको कुरा स्पष्ट  नै छ,बिचार अलग अलग लिनु भयो होला तर सबैको लक्ष्य थियो पंचायत भित्र पनि प्रजातन्त्र छ भनि (#निर्दलीय निर्विकल्प पञ्चायती प्रजातन्त्र#)राजा बाट शुरू गरिएको पञ्चायती ब्यबस्थाको अन्त्य गरी बहुदलीय प्रजातन्त्रको स्थापना गर्नु,तर त्यति सहज थिएन,ब्यबस्था बदल्नु यो इतिहासले पुष्टि गरेको बिषय थियो।
      स्मरण गर्न चाहान्छु त्यो कालखण्ड म काङ्ग्रेस हो भनि भन्दा सर्वस्वहरण हुने मात्र हैन गोलि हानेर वा झुण्ड्याईएर मार्ने गरेको कही कतै लुकेको छैन,ती समस्याहरूलाई पनछाउदै अघि बढ्नु भयो तपाईहरूको सामाजिक कदलाई कामको आधारमा आम नागरिकले मूल्याङ्कन गरेका छन।
               स्वर्गीय परशुराम शर्मा एवम साबित्रा शर्मा सरको कान्छो सुपुत्रको रूपमा जन्म लिनु भएको थियो बिश्वप्रकाश शर्मा, उहाँ सानै उमेर देखि नै तृक्ष्ण दिमाग भएको,नेतृत्व गर्न सक्ने क्षमता भएको ब्यक्ति भएकै कारण धुलावारी माविको नेबिसंघको सभापति हुदै मेचि क्याम्पसमा स्वतन्त्र बिध्यार्थि युनियनको निर्वाचनमा नेविसङ्घको सभापतिमा निर्वाचित हुदै  नेपाल बिध्यार्थि संघको केन्द्रीय अध्यक्ष बन्नु भएको थियो। माओवादी र सरकारको द्वन्द्वका कारण यतै मानिस मारि रहेका  उतै मानिस मारिरहेको अवस्थामा पनि कुशलता पुर्वक नेतृत्व हाक्न सक्ने बिलक्षणयुक्त प्रतिभा बोकेकै कारण सफल हुनु भयो भने त्यही प्रतिभाको कदर गर्दै नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा देउवा र सिटौलाको गठजोड भएको समूह होस वा शेखर कोइरालाको समूहबाट खेदिए पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि  हरूको मन बाट खेदिएका रहेनछन बिश्वप्रकाश शर्मा,निर्वाचन परिणामले पुष्टि गरिसकेको छ
       नेपाली काङ्ग्रेस जस्तो पुरानो पार्टीको केन्द्रीय महामन्त्री पदमा बिजयी बन्दा हर्षले गदगद भएको छु,रह्यो अब बिश्वप्रकाश शर्माले अब के गर्ने र के बन्ने बिषय,
     भारतीय राजनीतिमा तमिलनाडू राज्यमा उदाएकि एक महिला नेत्री कुमारी जय ललिता, उनलाई सबै पक्षले मात्र हैन आफ्नै पार्टीका बरिष्ट नेताहरूले नै खेदि रहेका नै हुन्थे,तर उनी कहिले बिचलित भईनन,असल कर्म गर्न पनि छाडिनन,त्यही कर्मको आधारमा उनी तमिलियनहरूको मन मष्तिष्क भित्र बस्न सफल भए पछि उनले नेतृत्व गरेको पार्टीले निर्वाचनमा बहुमत हासिल गरे पछि तमिलनाडू राज्यको मुख्यमन्त्री बन्न सफल भएको इतिहास खोज्न टाढा जानै पर्दैन
           तमिलनाडु राज्यको मुख्यममुख्यमन्त्री बनि सकेपछि राज्यको समग्र बिकाश र नागरिकको हितमा काम गर्दै जादा उच्च ओहदामा रहेका कर्मचारीहरूलाई मन परेको थिएन र असहयोग गर्न थाले,उनीले सम्झाउदा पनि केही नलागेपछि एउटै निर्णयबाट दुईलाख कर्मचारीहरूलाई एकै पटक बर्खास्त गरिन,केही समय सरकारि कामकाजमा अप्ठेरो स्थितिको सामना गर्नुपरे पनि उनले नागरिक प्रति देखाएको भूमिका प्रशंसनीय भएकै कारण जन जनमा उनी बस्न सफल भइन,केही बर्ष अघि उनको स्वर्गारोहण भयो सबैका आँखामा आँसु बगिरहेको भारतीय टेलिभिजन कार्यक्रममा हामी सबैले देख्न पायौ,उनको लोकप्रिय कामहरू धेरै छन ती मध्ये गरिव जनतालाई दश रूपैयाँमा भरपेट खान पाउने ब्यबस्थाले त उनीलाई सबै तमिलियनहरूले #अम्मा#नामले पुकारेको इतिहास टाढा छैन, सफल मुख्यमन्त्रीको रूपमा स्थापित रहेको पुष्टि भएको छ,
        अब नेपालमा पनि  नेपालको सम्बिधानमा स्पष्ट प्रावधान रहेको ब्यबस्थापिका,कार्यपालिका र न्यायपालिका भित्र रहेर काम गर्ने सबै पक्ष नेपाल र नेपालीहरूको हीत भन्दा आफु र आफ्ना आफन्त र आसेपासेलाई मात्र फाइदा हुने काम भइ रहेको कही कतै लुकेको छैन,त्यसैले समय आएको छ,बिश्वप्रकाश शर्मा यो देशको सबै भन्दा पुरानो पार्टीको सभापति हुदै सरकार प्रमुख रहेर नेपाल र नेपालीहरूको हीतमा काम गर्नुहुन्छ भन्ने पार्टीका सबैले बिश्वास लिएका छन भने तपाइको जितमा बिपक्षी पनि खुशी छन अब देशमा केही परिवर्तन आउछ भन्ने सुनिन थालेको छ,आगामी चार बर्षे कार्यकाल तपाइको लागि प्ररिक्षणको रूपमा हेरिएको छ,
       यही २०७८ साल भाद्र २४ गते बिपि स्मृति दिवसको दिन पारेर स्वर्गीय बिश्वेश्वरप्रसाद कोइरालालाई बन्दि बनाई राखिएको सुन्दरी जल जेलको जमिनमा गई माटोलाई नमन गरि उनै बिपिले रोपेको कपुरको बोटलाई जल सिञ्चित गरि
सोही ठाउँ नजिकै रुद्राक्ष को बिरुवा रोपि जल सिञ्चित गरि महामन्त्री पदमा उम्मेदवार बन्ने धारणा बोकेका बिश्वप्रकाश शर्माले स्वर्गीय बिपिको बिचारलाई पञ्चायती सरकारले मारेको महसुस गरि
  सम्बिधान सभाको दिन पारेर यही २०७८ आश्विन ३ गते
                #हिजो राजनैतिक परिवर्तन#
                #अब राजनीतिमा परिवर्तन#
उत्साह,एकता र रूपान्तरण, सफल पारौं नेपाली काङ्ग्रेसक चौधौं महाधिवेशन भन्ने नाराका साथ
१,एकपटक राष्ट्रपति
२,दुईपटक प्रधानमन्त्री
३,तीनपटक मन्त्री र
४,चारपटक सासंद   गरि
    चौबीस बुँदे अवधारणापत्र प्रस्तुत गर्दै औपचारिक रूपमा महामन्त्रीमा उठ्ने घोषणा गर्नु भएको थियो ,निर्वाचन भयो परिणाम आयो १९८४ मत ल्याई बिजयी बन्न सफल बन्नु भयो,महामन्त्री निर्वाचित पछि पहिलो पटक आफ्नो जन्मस्थान र कर्म क्षेत्र झापामा आई #बिचार अभियान# द्वारा संचालित कार्यक्रममा झापाली जनतालाई आभार ब्यक्त गर्दै भन्नु भएको थियो,मेरो चार बर्षे कार्यकालमा मैले प्रस्तुत गरेको अवधारणा पत्र लाई कार्यान्वयन गरि सके पछि मात्र तपाईँहरू संग बधाई खान आउने छु,तपाईले दिएको इमानदारिताको मतलाई भ्रष्टाचारमा प्रयोग गर्ने छुईन सही समय आएपछि म के बन्ने भन्ने स्पष्ट पार्ने छु भन्नु भएका बिश्वप्रकाश शर्मालाई,   तपाईले घोषणा गर्नु भएको चौबीस बुँदे अवधारणापत्र लाई कार्यान्वयन गर्दै अघि बढ्नुहोस हामी सबैको साथ सहयोग रहनेछ,स्वर्गीय बिश्वेश्वरप्रसाद कोइरालाको आत्मा,तपाइको परिवारका पितृहरूको आत्मा र सारा नेपालीहरूको परिवारका पितृहरूको आत्माले शान्ति पावोस ,पितृहरूको आशिष प्राप्त होस हार्दिक शुभकामना छ भाई बिश्वप्रकाश।
        अन्त्यमा नेपाल र नेपालीहरूको हीतमा काम गर्दै जादा जस्तो सुकै बाधा अड्चन आए पनि #बोल्ट# निर्णय गरी अघि बढ्नुहोला, आगामी बर्षहरूमा केन्द्रीय सभापति र सरकार प्रमुख भइ भारतीय राजनीतिमा उदाएकी एक महिला नेत्री स्वर्गीय कुमारी जय ललिताले तमिलनाडू राज्यमा गरेको काम ले सफल भए जस्तै नेपालमा तपाइलाई सफलता प्राप्त होस हार्दिक हार्दिक बधाई एवम शुभकामना
नारायणबहादुर बस्नेत
मेचिनगर:- ८ झापा
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार