बिनोद कुमार दाहाल:  काठमाडौं , ६ असोज ।  हल्दिवारी डटकम प्रधान  सम्पादक नेत्र बिक्रम बिमलीलाई  साहसिक फोटो पुरस्कार -२०७८ बाट संमान गरिएको छ ।

राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनफएपिजे)ले संस्था स्थापनाको २५औं वर्षगाँठको अवसर पारेर आयोजना गरेको राष्ट्रिय फोटोपत्रकारितामा हरि गोपाल प्रधानद्वारा स्थापित NFPJ हरि गोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार ( साहसिक फोटो पुरस्कार – २०७८ )बाट  बिमली संमानित हुनु भएको हो ।

काठमाडौमा भएको संमान कार्यक्रममा बिमलीलाई नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा , युवा खेलकुद मन्त्री महेश्वर गहतराज ,  वल्र्ड बुक अफ रेकर्ड प्राप्त वरिस्ठ फोटो पत्रकार हरि गोपाल प्रदान र सस्थाका अध्यक्ष  प्रदीप राज वन्तले सयुक्त रुपमा मेड्ल ,संमान पत्र सहित संमान गरीएको थियोे ।

फोटोपत्रकारहरुको फोटो तथा वायोडाटा संकलन गरी उनीहरुको फोटो तथा कामको मुल्याङ्कनको आधारमा सात प्रदेश सहित विभिन्न १४ विधामा वर्षको उत्कृष्ट फोटोपत्रकारहरुलाई अवार्ड मार्फत सम्मानित गरिएको संस्थाले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार