स्वागत छ बडा दसैं
दुई हजार उनासी तिमीलाई
प्रत्येक हिन्दूहरुको घरघरमा हाँसो खुशी लिएर आउ बडा दसैँ।
प्रत्येक गाउँ शहरमा आउ
झुपडी देखि महल सम्म आउ
तिमी दसैंमा दिइने आशिषमा
सरस्वतीको वाणी भएर आउ
प्रत्येक प्राणीको दु:ख कष्ट नाश गर्न आउ
तिमी खाडीको पसिना भएर आउ
हराएका छोराछोरीको
बाकसमा लास भएर होइन
तिमी जिउँदो सास भएर आउ बडा दसैँ
तिमी ती हराएका निर्मलाहरुलाई पनि साथै लिएर आउ
जेलनेलमा भएकाहरुको
जन्जिर तोडेर साथै लिएर आउ
बेचिएकी चेलीलाई फिर्ता लिएर आउ बडा दसैँ!
प्रत्येक मानवको वाणीमा सरस्वती भएर आउ
दुई ढुङ्गा बीचको तरुलको रक्षा गर्न
नव दुर्गाको रुप धारण गरेर आउ बडा दसैँ।
तिमी जङ्गे पिलर भएर आउ
तिमी चुच्चे नक्सा भएर आउ
कालापानी लिपुलेक लिम्पियाधुरा भएर आउ
पूर्वमा टिस्टा पश्चिममा किल्ला काँगडा भएर आउ
सुगौलीको सन्धि सच्याएर आउ
सगरमाथाको शिर भएर आउ
बुद्धको शान्ति लिएर आउ
विदेश पढ्न गएका सन्तानलाई लिएर आउ
ती बाँझा खेतबारीमा नेपाली रुपैयाँ लटरम्म फलाउ
ती ग्रिन कार्ड टिआर पिआर नेपाली भुमिमै लटरम्म फलाउ बडा दसैँ!
पुर्खाले बोकेको खुकुरीलाई सान्तिको दुत बनाउ
तिमी राम अवतार भएर आउ
तिमी कृष्ण अवतार भएर आउ
तिमी महाभारतको अर्जुन भएर आउ
नारीमा तिमी कुन्ती भएर आउ बडा दसैँ।
भृकुटी सीता सती सावित्री भएर आउ
धृतराष्ट्र गांधारीहरुको आँखाको जोति भएर आउ
अस्पतालमा मृत्युसँग पौठाजोरि खेलिरहेका
ती दु:खी आत्माहरुमा अमृत भरेर आउ।
गरिबको नाङ्गो शरीर ढाक्ने बस्त्र भएर आउ
भोक तिर्खा मेटाउने बुटी लिएर आउ
तिमी फाटेका मन सिलाउने कालिगड भएर आउ
दही चिउरा केरामा अमृत भरिएर आउ
तिमी लिङ्गे जाते रोगटे पिङ भएर आउ
निधार भरि रातो टीका
शिरमा पहेलपुर जमरा भएर आउ
सयपत्री फूलको जस्तो सुगन्ध
मखमली फूल जस्तो कहिल्यै नओइलाउने आयु लिएर आउ
लाली गुराँस डाँफे मुनाल भएर आउ
हिमाल पहाड तराई पाखा पखेरा भएर आउ
प्रत्येक मानव ,दलहरुमा भाइचाराको सम्बन्ध लिएर आउ बडा दसैँ।
तिमी नयाँ नेपालको सपना भएर आउ
नेपालको विकास भएर आउ
गरिबीको निकास भएर आउ
तिमी हारेको मन होइन जितेको सिङ्गो नेपाल नेपाली लिएर आउ बडा दसैँ।

बडा दसैँ दुइ हजार उनासीको सबै मानवमा सुख सान्ती समृद्धिको कामना गर्दछु।

राज कुमार कार्की
मे न पा -१५, झापा।
धन्यवाद ।
शुभ बिहानी ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार