व्यक्तिगत कुरा–दिनेश बस्नेत
हर्के मुग्लानिएकोमा चिन्ता नगर
बिर्खे इराकी जेलमा छ चिन्ता नगर
तिनका लालाबाला अब हाम्रै कार्यकर्ता हुन्
आखिर देशको अर्थतन्त्र
हाम्रो पजेरो र महलको मूल्य
हर्के र बिर्खेले नै त धानेका छन् ।

विमानस्थल र सीमामा लाम लाग्नुपर्छ
को कहाँ जान्छन, कस्ले के गर्छ
त्यो त सब उनीहरुको व्यक्तिगत कुरा हो

कसैको सिउँदो पुछियो
कसैको काख रित्तियो
कसैको अभिभावक गुम्यो
यो सब व्यक्तिगत कुरा हो ।

हामीलाई भेट्दा दाम राख्नुपर्छ
यत्ति हो,
हामीले भनेका बेला काम लाग्नुपर्छ ।

(१४-१५ बर्ष अगाडिको अनुभुती )

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार