टिकट त्यति सस्तो काहाँ हुन्छ र ?
बहुमूल्य भाउमा बिक्न सक्छ
यहाँ धन र डन भए पछि
कसको के लाग्छ र ?
लक्ष्य र सिद्धान्तकाे त के कुरा ?
विपरीत ध्रुवहरु जोडेर भएपनि
जसै चुनाव जित्नु छ
किनकि म विनाको देश हुनै सक्दैन!
म जस्ताे ठूलो राजनीतिज्ञलाई सबैले मान्नु पर्छ
चुनाव जिताउनु पर्छ वा पर्दैन सबैले आफैं जान्नु पर्छ

यहाँ नियम र कानूनको के कुरा ?
धम्क्याएर हाेस् वा घुर्याएर हाेस्
तिथि सारेर हाेस् वा मान्छे मारेर हाेस्
देश भाँडमा जाओस् वा ढाँडमा जाओस्
जसै याे चुनाव जित्नु छ !
देश रहोस् वा नरहोस्
देश स्वर्ग बनाेस वा नर्क बनाेस
आकाश खसाेस वा पाताल भासियाेस
बाटो बनोस् वा भत्कियोस
पुल बनाेस वा नबनाेस
बिकास होस् वा विनास हाेस्
मलाई कुनै सरोकार छैन्
किनेर हाेस् वा छिनेर हाेस्
पेलेर हाेस् वा ठेलेर हाेस्
जसै यो चुनाव जित्नु छ

हो यहाँ अझै धेरै कामहरु गर्नु छ
मेरा अनगिन्ती लक्ष्य र उद्देश्यहरू बाँकी छन्
मैले आफ्नो कालो धनलाई सेतो पार्नु छ
अदालतमा अड्किएका मिसिलहरू च्यात्नुछ
अख्तियारमा रहेका मुद्दाहरू ढिसमिस पार्नुछ
खानु छ अनि झाेलेहरुलाई खुवाउनु छ
देश रित्तियाेस वा खाेक्राे बनाेस
मलाई कुनै सरोकार छैन
जनता किनेर हाेस् वा पिनेर हाेस्
केवल, यो चुनाव जित्नु छ!!!!

— याम दंगाल सरोवर
हल्दिबारी झापा नेपाल
२०७९/०६/२४

(राजनीति समाजसेवा हो तर आज सबै भन्दा ठूलो र राम्रो पेशा व्यवसाय भएको छ। एक पटक मन्त्री वा संसद मात्र भए सात पुस्तालाई पुग्ने सम्पत्ति जाेड्न सक्छ।)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार