नेपाली काङ्ग्रेस सहितको गठबन्धनबाट बन्नुहुने #उमेदवारहरूको परिचय र अर्जुन दृष्टि# कार्यक्रम यही असोज २५ गते मङ्गलबारका दिन पासाङ्गल्हामु सभाहलमा राखिएको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि नपाली काङ्ग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा र बिशेष अतिथिमा पुर्व सासंद राम कार्की उर्फ “सुरेन्द्र” ले गर्नु भएको थियो भने, उदघोषण माओवादीका राजकुमार दाहाल “राजु” ले गरेका थिए।

बिशिष्ट अतिथिको रूपमा सभामा बोल्दै पुर्व सासंद राम कार्की भन्छन नेपाली काङ्ग्रेसको खेतिपाती धेरै छ, कुनै छिमेकीले बाख्रा छोडेर त कुनैले गोरू राङ्गा छोडेर बाली नष्ट गरिदिन्छन, केही बालीलाई बाँदर आएर बिगार गर्छ र पनि खेतियोग्य जमिन धेरै भएकोले उत्पादन राम्रो हुने अनुमान गरिन्छ, जब फसल काटिन्छ, खलोमा ल्याएर माडिन्छ र ओजन गरिन्छ फेरिपनि फसल त कमै हुन आउछ, के कारण यसो भयो भनि बिश्लेषण गर्दा त फसलमा नै कालिपोके धेरै लाग्दो रहेछ, देख्दा फलेको देखिने, ओजन गर्दा कम हुने यही भएर नेपाली काङ्ग्रेसले निर्वाचन हारिरहेको रहेछ। पुर्व सांसद राम कार्कीले पुन:अघि बढ्दै छिमेकी राष्ट्र भारतको उदाहरण दिदै भन्छन, सन १९४७ मा ईस्टईण्डिया कम्पनी बाट भारत स्वतन्त्र भएपछि भारतका पुर्व प्रधानमन्त्री जवाहरलाल नेहरू उत्तर प्रदेशको फुलपुरबाट निर्वाचन लड्दै बिजयी बन्दै भारत जस्तो मुलुकको प्रधानमन्त्री बन्दै आएका थिए, निर्वाचनको मिति घोषणा भयो, जवाहरलाल नेहरू निर्वाचनमा उमेदवार बनेपछि समाजवादी नेता राममनोहर लोहियाले फोन गरेर नेहरूलाई भने, नेहरू जी त्यो क्षेत्रबाट म निर्वाचनको तयारी गरेर तिमीलाई टक्कर दिँदैछु भनेपछि, जवाफमा नेहरूले भने ठीक छ, मतदान नहुञ्जेल म मेरो क्षेत्र टेक्दिन भने, नभन्दै कार्यकर्तालाई लोहिया संग भएका कुरा सुनाए र कार्यकर्ता परिचालन गरे करिब एकमहिना आफ्नो निर्वाचन क्षेत्रमा नै टेकेनन, निर्वाचन भयो, मतगणना भयो, जवाहरलाल नेहरूले अत्याधिक मतान्तरले बिजयी भए ,त्यसैले हाल बिश्वप्रकाशको सारथी भएर निर्वाचनमा बिजयी गराउने मेरो साथ सहयोग छ साथै यो पटक उनीले निर्विवाद रूपमा बिजयी हासिल गर्ने नै छन। उनी बिजयी बनेको पाचबर्षे कार्यकालमा गरेका बिकाश निर्माण का कामले क्षेत्रवासीलाई प्रभावित बनाए पछि जसरी नेहरू जीले आफ्नो निर्वाचन फूलपुर नगई निर्वाचनमा भारि मतान्तरले बिजयी बनेका थिए, त्यसरी बिश्वप्रकाश शर्माले पनि कार्यकर्ता परिचालन गरेर बिजयी बन्नेछन, बिपक्षीका कुनै साथीले टक्कर दिने उदघोष गरे भने नेहरूले जस्तै क्षेत्र नटेकि कार्यकर्ता परिचालन गरेर बिजयी बन्ने धारणा व्यक्त गर्दै अर्को निर्वाचनमा बिश्वप्रकाश मुक्तिनाथ घुम्न गए हुने बताउछन राम कार्की।

प्रजातन्त्र स्थापना भएपछि जनमञ्च साप्ताहिक पत्रिकामा “अतिथि स्तम्भ” मा स्वर्गीय भरतबाबु द्वारा लेखिएका लेखहरू प्रकाशित हुने गर्थ्यो, त्यही लेखको आधारमा केहीकुराहरू प्रस्तुत गर्ने जमर्को गरेको छु। २०४६ सालको प्रजातन्त्र प्राप्तिपछि कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो। उनीलाई सम्बिधान निर्माण गरि जारि गर्ने, स्वतन्त्र निष्पक्ष धाॅधलि रहित निर्वाचन गराई सहज सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी दिएको थियो। करिब तेह्र महिना भित्रमा उनलाई दिएको जिम्मेवारी आफु निर्वाचनमा उपबिजेता भएर पनि पुरा गरि सत्ता हस्तान्तरण गरेको इतिहास बनिसकेको छ।

प्रधानमन्त्री रहेर काम गर्दा उनलाई देशी बिदेशी संस्थाहरूले धेरै उपहार दिएका थिए, उक्त उपहारहरू नेपाल सरकारलाई बुझाएर प्रधानमन्त्रीको कुर्सीमा बस्न जादा टिनको टेङ्का, सुराई र छाता लिएर गएका किसुन जी ,प्रधानमन्त्रीबाट बाहिरिदा पनि आफुले लिएर गएको उही टिनको टेङ्का, सुराई र छाता लिएर बाहिरिए पछि हाम्रो देशका मूल्याङ्कन कर्ताले भनेका थिए उनलाई दिएको उपहार लिएर आउनु पर्नेमा सरकारलाई नै  बुझाएर आए, विवाह भएको छैन, विवाह भएर श्रीमती छोरा छोरी भएको भए, माल पाएर चाल पाउथे।

भारतीय राजनीतिमा जवाहरलाल नेहरू प्रधानम्न्त्री बने पछि सोभियत रुसको भ्रमणमा उनकै छोरी ईन्दिरा गान्धीलाई साथै लियर गएका थिए, सोभियत रूसले इन्दिरा गान्धीलाई कोट “फरकोट” उपहार दिएको थियो, त्यो कोट अति नै राम्रो थियो, त्यसैले इन्दिरा गान्धीले जाहा जादा पनि लाउने गर्थिन, भारतमा लोकसभा चलि रहेको समयमा बिपक्षी दलका नेता राममनोहर लोहियाले सभामुख (स्पिकर) संग समय मागेर भने, सभामुख महोदय हाम्रो सम्माननीय प्रधानमन्त्री नेहरू जी, राष्ट्रिय सम्पत्तिको दुरुपयोग हुदा समेत  उहाँको आँखाले टुलुटुलु हेरेर बस्नु भएको छ मात्र के भनेका थिए, प्रधानमन्त्री उठेर सभामुख संग समय माग्दै भने। सभामुख महोदय, भारतीय प्रधानमन्त्रीका हैसियतले म सोभियत रूस गएको थिए , मेरि छोरीलाई साथै लिएर गएकोले उनीलाई उपहार दिए पनि, भारतको प्रधानमन्त्रीको हैसियतले भ्रमण गएको कारण प्राप्त गरेको उपहार राष्ट्रिय सम्पति नै थियो र हो, तर उनलाई लाउनका लागि दिईएको कोट अति सुन्दर भएको कारण मेरी छोरी इन्दिरा गान्धीले प्रयोग गरेकोमा सम्माननीय सभामुख महोदय मार्फत भारतीय लोकसभा समक्ष नतमस्तक छु लज्जित भई माफि माग्छु भनेर उदाहरण प्रस्तुत गरेको इतिहास पनि हामीले पढ्न पाएकाछौ, त्यसैले उही प्रकृतिका चिजहरू नेपाल र भारत दुबै देशले उपहार पाएका थिए, मुल्याङ्कनकर्ताले नेपालमा व्यक्तिगत सम्पत्तिको दर्जा दिए भने, उही प्रकृतिको उपहारलाई भारतीय मुल्याङ्कनकर्ताले राष्ट्रिय सम्पत्तिको दर्जा दिए, त्यसो भएको हुदा आफ्नो मूल्याङ्कन आफै गर्न नमिल्दोरहेछ “तेस्रो व्यक्तिले नै गर्दोरहेछ” |

नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनबाट बिश्वप्रकाश शर्मालाई देशै भरका काङ्ग्रेस कार्यकर्ताले “झापाको कोहिनुर” भनेर चिने। दुई समूहमा चार जना महामन्त्रीमा उठेका थिए बिश्वप्रकाश शर्माको कुनै समूहसंग जोडिने अवस्था बनेन, उनी उमेद्वार बने, शसक्त भनिएको सभापतिका टिमका दुबै जना बिजयी बन्न सकेनन, शेखर कोइरालाको समूहबाट गगनकुमार थापा बिजयी बने भने अर्का स्वतन्त्र रूपमा उमेदवार दिनुभएका बिश्वप्रकाश शर्मा बिजयी बनेर आफूलाई स्थापित गर्न सफल भएका छन।

नेपाली काङ्ग्रेस क्षेत्र नम्वर-१ नेपाली काङ्ग्रेस सहितको गठबन्धनबाट सङ्घीय संसदको उमेदवार बनाईएको छ, अहिले पनि सङ्घीय संसदमा उनलाई बिजयी बनाएर के गर्नु उनै शेरबहादुर देउवालाई  प्रधानमन्त्री बनाउन प्रतिनिधित्व गर्ने त हुन नि बिश्वप्रकाश भनेर बिपक्षीका साथीहरूले लान्छना लगाउदै आएका छन, उनले आफूले दिएको अन्तर्वार्तामा स्पष्ट भन्दै आफूलाई लागेको लान्छना चिर्दै आएका छन, कुनै प्रविधिक कठिनाई उत्पन्न नभएमा अब बन्ने सरकारको प्रधानमन्त्रीमा गगनकुमार थापाले आफूलाई उभ्याएको हुदा सासंद बनेर अनुभव प्राप्त गरि सकेकोले उनलाई मेरो पुर्ण समर्थन हुनेछ भनि भन्दा पनि बिपक्षीले आरोप लाउन छाडेका छैनन।

नेपालको भौगोलिक अवस्था अति बिकट छ, याहा बसोबास गर्ने नागरिकहरू धनिमा अति धनि र गरिवमा अति गरिवहरूको बसोबास छ, बोक्सीको आरोपमा महिलालाई प्रताडित बनाएको पाउछौ। दुई ओटा नेपाल भएको अनुभूति पाउछौ र हामीले भन्ने गरेका छौ, “किशोर अवस्थामा पढाइ  युवा अवस्थामा कमाई र बुढेसकालमा आराम” हुनु पर्ने के हामी सबैलाई यसरी पुगेको छ त ?, दाइजो प्रथालाई बन्द गर्न सकेका छौ ? , नेपालका दुरदराजमा भएका गाउँघर बुझेर अझै हामीले राजनीति गर्दा कुन कुन कुरामा कमि गर्नु हुदैन भनि कार्यक्रम “ऐना” कार्यक्रम छायाङ्कन गरि बाउन्नौ भाग सम्म कान्तिपुर टेलिभिजनमा प्रस्तुत गरि सकेका छन, यो निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट घोषणापत्र लेखन समितिका संयोजक बनि घोषणापत्र तयार बनाई सकेका छन, हाम्रो मुलुकको सतहत्तर जिल्लाको कुन ठाउँमा कस्तो अवस्था छ सबै घुमेर हेरेका छन, त्यसैले हाम्रो क्षेत्रलाई बनाउन हामीले चाहेका नै छौ भने निर्वाचनमा पार्टी भन्दा माथि उठौ र बिश्वप्रकाश शर्माको टिमलाई मतदान गरौ, “मुलुकको आश बिश्वप्रकाश” भन्ने मूल नारालाई सार्थक बनाउन हामी सबै लागि परौं। बिश्वप्रकाश जस्तो बौद्धिक व्यक्तित्वलाई संसदभित्र पठाउन सक्यौ भने मात्र संसदको गरिमा बढ्नेछ। उनको बिचारहरूले ठाउँ पाउनेछ। बिश्वप्रकाशको बिजय नै यस क्षेत्रवासीको बिजय सम्झेर अघि बढ्नु आम  कार्यकर्ताको कर्तव्य हुनेछ।

गठबन्धनबाट “उमेदवार परिचय र अर्जुन दृष्टि” ब्यानर लगाई कार्यक्रम गरिएको थियो, महाभारतमा श्रीकृष्णले अर्जुनलाई सोधे, त्यो रूख को हाँगामा के देखि रहेका छौ ? अर्जुनले जवाफ दिन्छन, त्यो  रूख को हाँगामा बसेको चराको आँखा देखिरहेको छु भन्दा श्रीकृष्णले अर्जुनलाई स्याबास दिदै भनेका थिए तिमीमा भएको युद्ध कलालाई सही ठाउँमा प्रयोग गर्यौ भने बिजयी निश्चित छ। त्यसैले गठबन्धनबाट बनेका उमेदवार साथै नेता कार्यकर्ताहरूले पनि मङ्सिर ४ को निर्वाचनमा बिजयी बनेर संसद भवनभित्र गएको देखिरहेका छन, त्यही रूपमा गाउँगाउँमा गई मतदाताहरूलाई गठबन्धनको पक्षमा आकर्षण गराइ मत मागिरहेका छन।

हाम्रा पुर्वज नेताहरू बिश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शम्सेर, गणेशमान, किसुन जीले छोडेर गएको असल संस्कार उनीमा सरेकोछ। हाम्रो संस्कार र संस्कृतिमा सात पुस्ता सम्म वंशानुगत गुणहरू सरेर आउछ भन्छन, दुई /दुई पटक उपबिजेता हुदा सम्म यस क्षेत्रलाई नै माया गरिरहेका छन, यहीको खोला,नाला, पानी, पैनी बन जङ्गल, मठ, मन्दिर, गुरूद्वारा, चर्च, बौद्ध बिहार, मस्जिद आदिका समुदाय संग नजिकिएर अघि बढि रहेका छन, यही जन्मे, यही हुर्किए, यही पढे, यहीबाट जेल पनि बसे, अहिले आएर आफै टिकट बाँड्ने ठाउँमा स्वय हुदा जाहापनि जान सक्थे। म अन्यत्र क्षेत्रमा गएर निर्वाचनमा भाग लिए भने यस क्षेत्रका समस्या र याहाका आमाबुबा, दाजुभाइ, दिदीबहिनी र मेरा साथीहरूको बिश्वास सबै गुमाउने रहेछु भनि यसै क्षेत्रबाट उम्मेदवार बन्ने निधो गरेपछि , बिश्वप्रकाश शर्माले राखेको कुरा यहीका मतदाता स्वयंले बुझेनौ र चिल्ला कुरा र फुस्रा आश्वासनमा फेरि पनि अल्मलियौ भने हामी सबैलाई पितृ दोष अर्थात आधुनिक बिज्ञानमा प्रकृति दोष लाग्ने रहेछ, हामी त्यो दोषबाट बच्न र क्षेत्र नम्बर १ लाई बनाउन हाम्रो अठोट बिश्वप्रकाशको टिमलाई मतदान गरौं भन्दै कलमलाई बिश्राम दिन्छु  धन्यबाद।
नारायणबहादुर बस्नेत
मेचिनगर-८ झापा।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार