यो जीवन नै , शुन्यता जस्तो होला
कुनै अंकको यहाँ , साथ भेटिन।
शुन्य थपेर बरु , बन्छ करोडौंको व्यापार
त्यो ब्यापारीलाई मैले , केही भन्न सकिन ।।
यहाँ मिल्छु होला? म , किन सबै सँग,
यहाँ भुल्छु होला म, किन सबै सँग ।
तर पनि आवश्यक्ता मै , खोज्छन मेरै आधार?
के म बिना चल्दैन कसैको र? , बिजनेस,ब्यापार ??
जब जीवन निराश हुदा , शुन्यता भई आउछौ,
शुन्यतालाई साथ नलिई , शहरको रमझममै रमाउछौ ।
जित्नेलाई तिमी पदक दिन्छौ , रमाई १,२ सँग
आखिर के भिन्नता छ र?, मेरो त्यो १,२ सँग ??
किन स्वतन्त्रताले जिउने , छैन र मेरो अधिकार?
दरिद्रताले झै साथ बस्छु किन?, बनेर पुछार ।
म दोषी भए देखाउन हजुर , मलाई मेरै अहंकार
म शुन्यता भए जीवनको , किन फरक भयो संसार।।
कचनकवल :-३, दल्की झापा
हाल :- मलेशिया
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार